८ भाद्र २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एकता महाधिवेशनबाहेकको महाधिवेशनमा सहभागी नहुने डा. महतो घोषणा – Nigrani Today
मधेश प्रदेश

एकता महाधिवेशनबाहेकको महाधिवेशनमा सहभागी नहुने डा. महतो घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनैपनि महाधिवेशनको नाममा आफ्नो नाम समावेश नगर्न आग्रह गरेका छन् । वास्तविक एकताको महाधिवेशनबाहेक अरू महाधिवेशनमा आफू सहभागी नहुने समेत उनले स्पष्ट पारेका छन् ।

शनिबार विज्ञप्ती जारी गर्दै डा. महतोले अभियानलाई विचलित पार्नेगरी हुने कुनै पनि महाअधिवेशन एकताको महाधिवेशन नहुने भन्दै वास्तविक एकताको महाधिवेशनबाहेक आफ्नो नाम कतै पनि समावेश नगर्न अपिल गरेका हुन् ।

डा. महतोले वास्तविक एकताको महाधिवेशनको लागि आफ्नो साथ, सहभागिता र समर्थन रहने विश्वास दिलाएका छन् । ‘गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियान पनि हो । यो अभियानलाई विचलित पार्ने गरी हुने कुनै पनि अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनै पनि महाधिवेशनको नाममा मेरो नाम समावेश नगरिदिन सबै पक्षलाई आग्रह गर्दछु । संघको गरिमा बढाउनेगरि हुने बास्तविक एकताको महाधिवेशनमा भने मेरो संलग्नता रहनेछ । यसको लागि मैले खेल्नुपर्ने जस्तोसुकै भूमिका र गर्नुपर्ने सहयोगको लागि म तयार रहेको जानकारी गराउन चाहन्छु,’ डा. महतोले लेखेका छन् ।

विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले सुरू गरेको गैरआवासीय नेपाली संघले अहिले विषम परिस्थितिको सामना उनले जनाएका छन् ।

पछिल्लो समयमा यो अभियानको मूल मर्ममाथि प्रहार भइरहेको जनाउदै उनले सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाइको कारण त्यो सम्भव हुन नसकेको बुझाई महतोको छ ।

साथै उनले गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन आह्वान समेत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button