२५ भाद्र २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मेरो सान अनलाइन टिभीका पत्रकार राजिव साहमाथि दुब्र्यबहार – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

मेरो सान अनलाइन टिभीका पत्रकार राजिव साहमाथि दुब्र्यबहार

मेरो सान अनलाइन टिभीमा कार्यरत सर्लाहीको चन्द्रनगर गाउँपालिका निवासी राजिव साह उपर समाचार संकलनको क्रममा आज दुव्र्यबहार भएको छ ।

आज सर्लाही सदरमुकाम मलंगवा स्थित वंशल पेट्रोल पम्प छेउको प्रहरी बिट जलाउने लगायत आन्दोलका गतिबिधिको फोटो भिडियो खिच्दै गर्दा मेरो पत्रकार राजिव साहमाथि आन्दोलनकारी समूहले दुव्र्यबहार गरेका छन् ।

आफूमााथि कुटपिट भएको र मोबाइलमा भएका सबै फोटो भिडियो डिलेट गरिदिएको पत्रकार साहले बताए । दुइतिन मुक्का टाउकोमा प्रहार गरेका थिए, हेल्मेट लगाएका कारण त्यतिधेरै चोट लागेन’, साहले जानकारी दिनुभयो ।

’मोबाइल खोसेर सबै फोटो भिडियो डिलिट गरिदिए ।’ अहिले आफू सकुशल नै रहेको साहले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button