२ आश्विन २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको ईश्वरपुरमा संबिधान दिवसको अवसरमा भोलि बिहान ११ बजे बृहत् र्‍याली तथा बेलुका दिप प्रज्वलन गरिने – Nigrani Today
ताजा खबरराजनीतिसमाचारसमाजस्थानीय

सर्लाहीको ईश्वरपुरमा संबिधान दिवसको अवसरमा भोलि बिहान ११ बजे बृहत् र्‍याली तथा बेलुका दिप प्रज्वलन गरिने

सर्लाहीको ईश्वरपुरमा संबिधान दिवसको अवसरमा भोलि बिहान ११ बजे बृहत् र्‍याली तथा बेलुका दिप प्रज्वलन गरिने ।।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ सर्लाहीको आयोजनामा असोज ३ गते १०औं वर्षमा प्रवेश भएको संबिधान दिवसको अवसरमा संविधानको रक्षार्थ शुक्रवार बिहान ११ बजे बृहत् र्‍याली तथा बेलुका दिप प्रज्वलन गरिने भएको छ ।

वि.सं. २०७२ साल असोज ३ गतेका दिन नेपालको नया संविधान जारी भएसँगै हरेक वर्ष संविधान दिवस मनाईदै आईएको छ ।
यसैबीच ईश्वरपुर नगरपालिकामा पनि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ सर्लाहीको आयोजनामा संविधान दिवस मनाउन लागिएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ सर्लाहीका महा(समिती सदस्य युवराज देवकोटाले बताउनुभयो ।

साथै भोलि हुने कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ सर्लाहीका सबै नेता,कर्याकर्ता ,भातृ तथा शुभेच्छुक संस्था , स्थानिय बासी नगरबासी,क्षेत्र नन्बर १ बासी, राजनितीकर्मी, पत्रकार लगायतहरुलाई पनि कार्यक्रममा उपस्थिति हुन अनुरोध गरेको छ ।

र्‍याली कार्यक्रम बयलबासको मिलनचोक बाट सुरु भई नगरपालिकाको छेउमा अबस्थित बरहमथानमा कोण सभामा परिणत भई समापन हुने आयोजकले जनाएको छ ।

त्यस्तै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सबै वडा कार्यमितिहरुलाई आफ्नो वडा तथा टोलमा शुक्रवार साँझ दिप प्रज्वलन गर्नको लागि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ सर्लाहीले कार्यमितिहरुलाई अनुरोध सहित निर्देशन समेत दिएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button