२० आश्विन २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
संविधान संशोधन र नौलो गणतन्त्रको माग गर्दै जनमत पार्टीको मलंगवामा प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

संविधान संशोधन र नौलो गणतन्त्रको माग गर्दै जनमत पार्टीको मलंगवामा प्रदर्शन

संविधान दिवसकै दिन सर्लाही सदरमुकाम मलंगवामा जनमत पार्टीले संविधान संशोधन तथा नौलो गणतन्त्रको मागसहित शक्ति प्रदर्शन गरेको छ। पार्टीका जिल्ला ईन्चार्ज श्रीचन (सुजन) यादवको नेतृत्वमा भएको प्रदर्शनमा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

जनमत पार्टी जिल्ला इन्चार्ज यादवका अनुसार नेपालको संविधानले दशकौँको संघर्ष र बलिदानीपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भए पनि अझै जनताको सम्पूर्ण अधिकार सुनिश्चित गर्न असफल भएको ठहर गर्दै संशोधन अपरिहार्य भएको बताएको छ।

प्रदर्शनलाई सम्बोधन गर्दै नेता यादवले भने, “यो संविधान जनताद्वारा निर्मित अभूतपूर्व उपलब्धि हो तर यसले सम्पूर्ण अधिकार र पहिचानलाई सुनिश्चित गर्न सकेको छैन। हाम्रो भाषा, भेषभूषा र संस्कृतिलाई अंगीकार गर्ने ऐतिहासिक कदम यसले चालेको भए पनि अझै संशोधन आवश्यक छ।

”उनले देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र शहीदको बलिदानलाई सम्मानित गर्ने जिम्मेवारी सम्पूर्ण नागरिकमा रहेको उल्लेख गरे। प्रदर्शनमा सहभागीहरूले “संविधान संशोधन गर”, “नौलो गणतन्त्र चाहिन्छ”, “शहीदको बलिदानको सम्मान गर” जस्ता नाराबाजी गरेका थिए।

कार्यक्रमका क्रममा जनमत पार्टीले देशको रक्षाका लागि आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भ्रष्टाचार, असमानता र एकल जातीय शासन पुनःस्थापित गर्ने षड्यन्त्रप्रति सचेत रहन आह्वान गरेको थियो। पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउन संविधान संशोधनमार्फत अधिकार, पहिचान र आत्मसम्मानलाई संस्थागत गर्नुपर्ने धारणा स्पष्ट रूपमा सार्वजनिक ग¥यो।

मलंगवामा भएको प्रदर्शन शान्तिपूर्ण तर उत्साहपूर्ण बनेको थियो। पार्टीका स्थानीय कार्यकर्ताले यसलाई संविधान दिवसलाई अवसर बनाएर आमजनतालाई आफ्नो माग सार्वजनिक गर्ने प्रभावकारी कदमको रूपमा व्याख्या गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button