२ आश्विन २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
खानेपानी ट्यांकी निर्माण सम्पन्न, सुखा–खडेरी प्रभावित समुदायमा राहत – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

खानेपानी ट्यांकी निर्माण सम्पन्न, सुखा–खडेरी प्रभावित समुदायमा राहत

सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा खानेपानी ट्यांकी निर्माण कार्य सम्पन्न भएको छ। World Vision International Nepal (WVI Nepal) को सहयोगमा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोज़गार प्रवर्द्धन केन्द्रको संयुक्त साझेदारीमा सम्पन्न यो परियोजना स्थानीय समुदायका लागि ठूलो राहत हुने अपेक्षा गरिएको छ।

हालका वर्षहरूमा तराई क्षेत्रमा लगातार सुखा–खडेरी र जलवायु परिवर्तनका कारण भू–गर्भीय पानीका मुहानहरू सुक्दै गएका छन्। असमान वर्षाका कारण कहिले डुबान त कहिले सुख्खा जस्ता समस्या उत्पन्न हुँदा स्थानीय जनजीवन निकै कठिन बनेको छ।

यसै समस्यालाई समाधान गर्न हरिपुर्वा नगरपालिकाका वडा नं. १, २, ५ र ६ मा ४ वटा र पर्सा गाउँपालिकाका वडा नं. १, ३, ४ र ६ मा समेत ४ वटा गरी कुल ८ वटा खानेपानी ट्यांकी निर्माण गरिएको हो।

बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक राम नारायण शाहका अनुसार करिब २० लाख रुपैयाँ लागतमा सम्पन्न यो परियोजनाले प्रभावित बस्तीमा दीर्घकालीन रुपमा खानेपानी आपूर्ति सुनिश्चित गर्नेछ। त्यस्तै, राष्ट्रिय रोज़गार प्रवर्द्धन केन्द्रका प्रोग्राम म्यानेजर राम कुमार यादवले यो पहलले समुदायलाई जलवायु संकटसँग जुध्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

स्थानीयवासीहरू भने अब पीउने पानीका लागि टाढासम्म हिंड्नुपर्ने बाध्यता हट्ने र सरसफाइमा समेत सुधार आउने अपेक्षा राखिरहेका छन्। सुखा–खडेरीले कृषि उत्पादनदेखि दैनिक जीवनशैलीसम्म असर पारिरहेको बेला सम्पन्न भएको यो खानेपानी ट्यांकी परियोजनाले गाउँवासीलाई ठूलो राहत मिल्ने देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button