जेन–जी मधेश प्रदेश अध्यक्ष शिव यादव सर्लाही आउँदै, भोली जिल्ला कमिटि गठन हुने

सर्लाही, १२ कार्तिक — जेन–जी मधेश प्रदेश अध्यक्ष शिव यादव भोली बिहीबार सर्लाही आउने भएका छन्। उनी चन्द्रनगर गाउँपालिका–२, बबरगंजमा हुने जेन–जी सर्लाही जिल्ला कमिटी गठन कार्यक्रममा सहभागी हुनेछन्।
जेन–जी आन्दोलनका घाइते उदय प्रकाश साहका अनुसार, देश र समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ र यसमा सर्लाही जिल्लाभरिका जेन–जी युवाहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
साहले भने, “यो कार्यक्रम युवाको एकता र सक्रिय सहभागितामार्फत सशक्त नेतृत्व निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।”
आयोजक कमिटीका अनुसार, “नयाँ सोच — नयाँ ऊर्जा — नयाँ नेतृत्व” भन्ने नाराका साथ युवाहरूलाई देश निर्माणमा सकारात्मक सोच र सामूहिक प्रयासका साथ अघि बढ्न प्रेरित गर्न यो कमिटी गठन कार्यक्रम आयोजना गरिएको हो।



