२२ कार्तिक २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जेन–जी आन्दोलनका घाइते भण्डारीलाई कौडैना गाउँपालिकाका अध्यक्षद्वारा आर्थिक सहयोग – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

जेन–जी आन्दोलनका घाइते भण्डारीलाई कौडैना गाउँपालिकाका अध्यक्षद्वारा आर्थिक सहयोग

सर्लाही, २१ कात्तिक । जेन–जी आन्दोलनका क्रममा घाइते भएका सुवेक कुमार भण्डारीलाई कौडैना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

मलंगवा नगरपालिका–१० निवासी भण्डारीलाई शुक्रवार गाउँपालिका अध्यक्ष रुपेश कुमारले गाउँपालिका अध्यक्ष कोषबाट रु. २५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डा. सोनेलाल साह, युवा समाजसेवी सोहन झा, गाउँपालिका कर्मचारी तथा पत्रकारहरूको उपस्थिती रहेको थियो।

घाइते भण्डारीका बुबा शिवशंकर भण्डारीका अनुसार उपचारमा अहिलेसम्म करिब रु. २ लाख खर्च भइसकेको छ। सुवेक हाल मकवानपुर मल्टिपल क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन्।

मकवानपुरको हेटौडामा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरी दमनका कारण भण्डारीको खुट्टा भाँचिएको थियो। उनको उपचार गराइण्डी अस्पतालमा गरिएको हो, जहाँ खुट्टामा स्टिल प्लेट राखिएको छ।

आर्थिक अवस्था कमजोर भएकाले उपचार र अध्ययन दुबै कठिन बनेको उनले बताए। भण्डारीले भने, “हेटौडामा उपचार त भयो, तर न सरकारले सहयोग ग¥यो, न त जेन–जीका नेताहरूले नै ध्यान दिए।”

उनले आन्दोलनका अगुवाहरूसँग सम्पर्क गर्दा समेत कुनै सहयोग प्राप्त नभएको दाबी गरेका छन्। स्थानीय युवाहरूले भण्डारीजस्ता घाइतेहरूलाई बेवास्ता गर्नु अन्यायपूर्ण भएको भन्दै सरकार र जेन–जी आन्दोलनका नेतृत्वले घाइतेहरू प्रति जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button