५ पुष २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ साधारणसभा सम्पन्न – Nigrani Today
अर्थ वाणिज्यताजा खबरसमाचारसमाजस्थानीय

चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ साधारणसभा सम्पन्न

ईश्वरपुर सर्लाही, ०५ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा साधारणसभा सम्पन्न भएको हो । यसैगरी संस्थाले रजत वर्ष २०८२ अर्थात  २५ औं स्थापना दिवस  पनि मनाइएको छ।
संस्थाका कार्यकारी अधिकृत भरत साहले संस्थाले २५ वर्ष देखि विभिन्न कार्यक्रम चलाउदै आएको बताउनुभयो । साहले संस्थाले  पढदै कमाउदै कार्यक्रम, पुनर्ताजगी तालिम,युवा उधमशिलता, महिला उधमशिलता, थ्रि जिरो क्लब  लगायतका लोकप्रिय कार्यक्रमहरु चलाएको बताउनुभयो ।

साधारणसभामा कार्यकारी अधिकृत  साहले आय व्यय प्रस्तुत गर्नुभयो । चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल १० हजार २ सय ८७ सेयर सदस्य रहेका छन । जस मध्ये महिला ९ हजार ७ सय ७० र पुरुष ५ सय १७ जना  रहेका छन ।

यसैगरी चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  २०८२ अषाढ ३१ सम्ममा  सेयर पूंजी ६ करोड ५५ लाख १७ हजार ६ सय रहेको छ । निक्षेप  हिसाब ३० करोड ३८ लाख ९७ हजार ६ सय ६५ रहेको छ ।

त्यस्तै कर्जा लगानी ४७ करोड ७४ लाख ९२ हजार १ सय ७२ रहेको छ ।

चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खुद नाफा ३ करोड २६ लाख ५५ हजार ६ सय ३ रुपैयाँ रहेको संस्थाले जनाएको  छ।

यसअघि चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बरहथवा, मलंगवा, गोडैता, र पर्सा शाखाको पनि २२ औं वार्षिक साधारणसभा सम्पन्न भइसकेको छ ।
त्यस्तै २२ औं वार्षिक साधारणसभाको अवसरमा चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सफल उधमी, कर्मचारी  लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले सहकारी हिनामिना वरिष्ठ व्यक्तिहरु कारागार गएका छन । यस्तो परिस्थितिलाई पनि चमेली बचत तथा ऋण सहकारी संस्थाले चिर्दै राम्रो कार्य गरेको बताउनुभयो ।

नगर प्रमुख मनोज आचार्यले सहकारीमा जुडेर आ-आफनो परिवारको समृद्धिमा अग्रसर हुन सहभागीलाई आग्रह गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button