११ पुष २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरका सिमान्तकृत दलित तथा मुसहर समुदायका ४४२ घरधुरीलाई न्यानो कम्बल वितरण – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

हरिपुरका सिमान्तकृत दलित तथा मुसहर समुदायका ४४२ घरधुरीलाई न्यानो कम्बल वितरण

सर्लाहीको हरिपुर नगरपालिकामा सिमान्तकृत दलित तथा मुसहर समुदायलाई लक्षित गरी न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार ग्रामीण नारी उत्थान संघ, हरिपुर–२ सर्लाहीको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग एवम् हरिपुर नगरपालिकासँगको सहकार्य र समन्वयमा हरिपुर नगरपालिका वडा नं. १, २, ४, ५, ७, ८ र ९ का सिमान्तकृत दलित तथा मुसहर समुदायका ४४२ घरधुरीलाई जम्मा ५७६ थान न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रम ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाकी उप–प्रमुख निलम राय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष, सचिव, सदस्यहरू, कर्मचारीहरू तथा इलाका प्रहरी कार्यालय हरिपुरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। न्यानो कम्बल वितरण कार्यक्रम विशेष गरी हरिपुर नगरपालिकाभित्र रहेका मुसहर तथा दलित समुदायका बस्तीहरूलाई केन्द्रमा राखी सञ्चालन गरिएको हो। जाडोयाममा अत्यन्तै आवश्यक न्यानो राहत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप–प्रमुख निलम राय यादवले यस किसिमका सहयोगी कार्यक्रमले सिमान्तकृत समुदायलाई राहत पुग्ने विश्वास व्यक्त गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाप्रति विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले जिम्मेवार अभिभावकत्व निर्वाह गर्न सबैमा अपिल समेत गर्नुभयो। ग्रामीण नारी उत्थान संघकी अध्यक्ष न्यौपानेले संस्थाले विगतका वर्षहरूमा झैं यस वर्ष पनि सिमान्तकृत दलित, मुसहर तथा अल्पसंख्यक समुदायका बालबालिका, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई केन्द्रमा राखेर न्यानो कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो।

उहाँले यो कार्यक्रम कम्बल वितरणमा मात्र सीमित नभई समुदायमा रहेका बालबालिका, अपांगता भएका व्यक्ति तथा गर्भवती र सुत्केरी आमाहरूको स्याहार, सुरक्षा, व्यक्तिगत सरसफाइ, स्वास्थ्य सचेतना तथा बालबालिकाको विद्यालय पहुँच अभिवृद्धिमा समेत केन्द्रित रहेको जानकारी दिनुभयो। कार्यक्रममा गर्भवती तथा सुत्केरी महिला, शारीरिक अशक्त तथा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखी कम्बल वितरण गरिएको थियो। यसका लागि आवश्यक तथ्यांक संकलन गरी वडा तथा स्थानीय तहबाट प्रमाणित गराई जिल्ला विपद् व्यवस्थापन समितिको अनुमति लिई संस्थाको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button