सर्लाहीमा रुपान्तरण जीवन उपयोगी सीप तालिम

सर्लाही, २३ पौष।बागमती सेवा समाज नेपाल, सर्लाहीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बालबालिका तथा किशोर किशोरीको सशक्तिकरणका लागि रुपान्तरण जीवन उपयोगी सीप तालिम पौष २२ गतेबाट लालबन्दीमा संचालन गरिरहेको छ ।
बालबालिका तथा किशोर किशोरीको समग्र बिकास र सशक्तिकरण गरी जीवन उपयोगी सीप प्रदान गर्ने उद्देश्यले आयोजित प्रशिक्षक प्रशिक्षण तालिम ५ दिनसम्म संचालन हुने कुरा संस्थाका कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो ।
उक्त तालिममा हरिपूर्वा नगरपालिकाका २४ जना र पर्सा गाउँपालिकाका १६ जना किशोर किशोरीहरुको सहभागिता रहेको छ । उक्त तालिम पश्चात समुदायमा प्रत्येक सहभागीले २६ हप्तासम्म आफू जस्तै बालबालिका तथा किशोर किशोरीलाई २६ हप्तासम्म कक्षा संचालन गरी साथी शिक्षक तयार गर्ने जानकारी दिइएको छ ।
उक्त तालिम शुरुवातको अवसरमा बोल्नु हुँदै बागमती सेवा समाज नेपालका कार्यक्रम बिभाग प्रमुख भरत कुमार कार्कीले यस प्रकारका तालिमले बालबालिका तथा किशोर किशोरीहरुको क्षमता अभिवृद्धि भई जीवन रुपान्तरणमा समेत भूमिका खेल्ने कुरा बताउनुभयो ।
यसैगरी वल्र्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक सीता चौधरीले बालबालिकाहरु माथि हुन सक्ने दुब्र्यबहार, हिंसा जस्ता घटना कम गर्न यस प्रकारको तालिमले सहयोग गर्ने कुरा बताउनुभयो ।
उक्त ५ दिने तालिमको सहजीकरण वल्र्ड भिजन इन्टरनेसनल नेपालका कार्यक्रम सहायक सुष्मा मग्राती, प्रशिक्षक पिंकी शर्मा र नेहा यादवले गरिरहनु भएको छ ।



