२३ पुष २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल – Nigrani Today
ताजा खबर

सर्लाहीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल

तराई–मधेशका केही जिल्लाहरूमा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा खलल पुग्ने खालका घटनाहरू देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिको बैठकबाट सबै नागरिकलाई संयमित रहँदै शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति सर्लाहीका अध्यक्ष रामु राज कडरीयाको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा समितिको बैठक सम्पन्न भएको हो। बैठकमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा विस्तृत छलफल गरी विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ।

बैठकपछि जारी विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारी कडरीयाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै “सयौं थुङ्गा फूलका हामी एउटै माला” भन्ने राष्ट्रिय भावनाले नै नेपाली समाजलाई एकतामा बाँधेको बताए। एक–अर्काको धार्मिक आस्था, विश्वास र अस्तित्वको सम्मानबाट मात्र राष्ट्र र समाजको विकास सम्भव हुने तथ्य सर्वविदित रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमार्फत धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा खलल पु¥याउने खालका उच्छृङ्खल गतिविधि तथा द्वन्द फैलिने सामग्रीहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण नगर्न सबैलाई आग्रह गरिएको छ। त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।

यसैगरी बैठकले धार्मिक तथा सांस्कृतिक सद्भाव कायम गर्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्न सबैले आ–आफ्नो दायित्व पूरा गर्ने,. सामाजिक सद्भावमा खलल पु¥याउने गतिविधिमा संलग्न जो–कोहीलाई कानून बमोजिम कारबाही गर्ने र त्यसका लागि सबै पक्षले सहयोग गर्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा असर पर्ने खालका समाचार सामग्री सम्प्रेषण नगर्न पत्रकार तथा सञ्चारकर्मीहरूसँग अनुरोध गर्ने, जिल्लास्थित सबै स्थानीय तहमा स्थानीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील बनाउने, सबै पक्ष संयमित भई धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्ने,. शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले आवश्यक विज्ञप्ती जारी गर्ने निर्णयहरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सबै जातजाति, भाषा, धर्म, लिङ्ग र वर्गका नागरिकलाई आपसी सम्मान र सहिष्णुताको अभ्यास गर्दै शान्ति, सुरक्षा र सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न पुनः अपिल गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button