५ माघ २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगायो – Nigrani Today
Uncategorized

आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगायो

काठमाडौं, ४ माघ । आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौंको १०, ललितपुरको ३ र भक्तपुरको २ गरी १५ वटै निर्वाचन क्षेत्रमा आजपाले उम्मेदवार टुंगो लगाएको हो ।

काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउदै उम्मेदवारी दर्ताका लागि पार्टीबाट आधिकारिक पत्र समेत दिएको छ ।

काठमाडौं क्षेत्र नं. १ मा कमल सुवेदी, २ मा तिलक थापामगर, ३ मा रुपसागर उपाध्याय, ४ मा कमेश सिंह, ५ मा देव थापा, ६ मा सफलता बोगटी, ७ मा प्रदिप भट्टराई, ८ मा खगेस रंजित, ९ मा इरज श्रेष्ठ र १० मा मिन बुढाथोकीलाई आजपाले उम्मेदवार बनाएको संगठन विभाग प्रमुख त्रिभुवन साहले जनाएका छन् ।

आजपाले चुनावी गठबन्धन गरेको जनादेश पार्टीबाट काठमाडौं ४ मा सिंह र काठमाडौं ७ मा भट्टराई उम्मेदवार हुन ।

ललितपुरको क्षेत्र नंं. १ मा अरुण संजु, २ मा लखिन्द्र साह र ३ मा रामप्रसाद भट्टलाई आजपाले उम्मेदवार बनाएको छ । यसैगरी भक्तपुर क्षेत्र नं. २ मा देवकुमारी साह र भक्तपुर क्षेत्र नं. १ मा आजपा अध्यक्ष प्रभु साहले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पाएका छन ।

आजपा सचिवालय सदस्य सुभाष साहका अनुसार पार्टीले सातै प्रदेशको १६५ वटै क्षेत्रमा उम्मेदवारलाई प्रतिस्पर्धामा उतार्दैछ । काठमाडौं उपत्यकाको १५ सहित कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश सहित सातै वटै प्रदेशका सबै क्षेत्रमा आजपाका उम्मेदवार माघ ६ गते उम्मेदवारी दर्ता गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button