१२ माघ २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा पायल्सको अप्रेशन : चिकित्सकको लापारवाहीले युवतीको मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा पायल्सको अप्रेशन : चिकित्सकको लापारवाहीले युवतीको मृत्यु

सर्लाही,११ माघ। सर्लाहीको लालबन्दी नगरपालिका–१ नबलपुरस्थित मोहन आयुर्वेदिक औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ। आज दिउँसो करिब ३ बजेको समयमा वडा नं. २ बस्ने बिपिन्द्र पासवानकी १८ वर्षीया छोरी हंशु पासवान पायल्सको अप्रेशन गराउने क्रममा गम्भीर बिरामी भएकी थिइन्।

अप्रेशन गर्ने व्यक्ति रामविनय साहले थप उपचारका लागि नमुना अस्पताल हरिवन लैजाने क्रममा बाटोमै युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगमा राखिएको छ ।

घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दा आक्रोशित भई दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

प्रहरीका अनुसार साँझ करिब ४ः३० बजेको समयमा प्रदर्शनकारीहरू तितरबितर भई राजमार्ग सुचारू भएको छ। मृतकको शव हरिवन नगरपालिका–११ स्थित सरस्वती अस्पतालमा ल्याई राखिएको छ। इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ।

अप्रेशन गर्ने व्यक्ति रामविनय साह इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी सरोज राइले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button