२३ फाल्गुन २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा चार वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जित नजिक – Nigrani Today
ताजा खबर

सर्लाहीमा चार वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जित नजिक

सर्लाहीमा चार वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जित नजिक बनेको छ । सर्लाहीको चारवटै निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नं. १, २ र ३ मा आज नै नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो ।

सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नितिमा भण्डारी कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गरी अग्रता कायम गरेर जित नजिक पुग्नुभएको छ भने उहाँको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं. १ मै तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १ सय १, नेपाली कम्युनिस्ट पार्टीका प्रमोद साहले ५ हजार ४ सय ९८, जसपाका रामप्रकाश चौधरीले ३ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सर्लाही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतोले ३८ हजार ३ सय २५ मत प्राप्त गरी जित सुनिश्चित गर्नुभएको छ भने उहाँको निकटम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्र राय यादवले ८ हजार ७१ मत मात्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डां सरोज यादवले ६ हजार ६ सय ५६, राष्ट्रिय मुक्ति पार्टी नेपाल राजेन्द्र महतोले ५हजार ५ सय ३८ मत मात्र प्राप्त गर्नुभएको छ ।

यसैगरी सर्लाही क्षेत्र नं. ३ मा पनि रास्वपाकै उम्मेदवारको जित सुनिश्ति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवारले २७ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटम प्रतिस्पर्धी उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले ९ हजार ६ सय १४ मत मात्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेका उम्मदेवार विनोद कुमार खनाल ३ हजार ८ सय ९७ मत, र नेकपा एमालेका उम्मेदवार हरी प्रसाद उप्रेतीले ३ हजार ६ सय ८४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सर्लाही क्षेत्र नं. ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार जित्ने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डां अमरेश कुमार सिंहले १६ हजार २ सय २७ मत प्राप्त गर्नुभएको छ भने उहाको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले ९ हजार ६ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button