१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित – Nigrani Today
खेलकुदताजा खबरसमाचार

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाण्डौ । एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २÷२ विकेट लिए ।

यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १÷१ विकेट लिए ।अब नेपालले आउँदो सोमवार भारतसँग श्रीलङ्कामा खेल्नेछ । स्रोत ः उज्यालो अनलाइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.