१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
अनेमसंघ सर्लाहीको निष्कर्ष : चर्को भाषणले मात्र जनतालाई खुशि पार्न सकिन्न – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

अनेमसंघ सर्लाहीको निष्कर्ष : चर्को भाषणले मात्र जनतालाई खुशि पार्न सकिन्न

सोम दियाली, सर्लाही
२७ फागुन ।। नेकपा एमाले निकट अखिल नेपाल महिला संघले ब्यानर, प्लेकार्ड बोकेर नाराजुलुस तथा चर्को भाषणले मात्र जनतालाई खुशि पार्न सकिन्छ भन्ने भ्रम त्यागेर जनतासँग सम्पर्क समन्वय गर्दै भित्रभित्रै लुकेर रहेको समस्या खोजी गरी समाधानमा पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

गएको शनिबार हरिवनस्थित मानव सेवा आश्रममा फलफुल वितरण गरी ११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिसवको अवसरमा शुरु भएको साताव्यापी अभियानको समीक्षासहित शुक्रबार चन्द्रनगरमा अभियानको समापन गर्दै संघले यस्तो निष्कर्ष निकालेको हो ।
साताव्यापी अभियानको क्रममा सञ्चालन गरिएका विभिन्न कार्यक्रमको समीक्षा गर्दै ‘समृद्ध नेपाल निर्माणका लागि स्थानीयत तहमा महिला प्रमुखमा समान उमेदवारी सुनिश्चित गरौं’ भन्ने राष्ट्रिय नाराकासाथ सुरु भएको साताव्यापी अभियानका क्रमममा संघले जिल्लाका विभिन्न स्थानमा महिला भेला, महिला सशक्तिकरण कार्यक्रम तथा अन्तरक्रिया, वर्थिङ्ग सेन्टरहरुको अवलोकन गरेको संघकी सचिव पार्वती विश्वकर्माले बताउनुभयो ।

हरेक वर्ष महिला श्रमिक दिवसलाई भव्यताका साथ मनाउने गरेको संघले यस वर्षको दिवसलाई भने स्थानीय तह निर्वाचन लक्षित गरेको संघकी अध्यक्ष कल्पना कटुवालले बताउनुभयो । आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरुलाई पनि प्रमुख पदहरुमा विजयी गराउने कार्यमा सहयोग पुगोस भन्ने उदेश्यमाथि अभियान केन्द्रित गरिएको एमाले केन्द्रीय सदस्य समेत रहनुभएकी संघकी अध्यक्ष कटुवालले बताउनुभयो ।

पहिलो दिन हरिवनस्थित मानव सेवा आश्रम पत्रकार सम्मेलन गरी साताव्यापी कार्यक्रम सार्वजनिक गरेको संघले सोही दिन आश्रममा फलफुल वितरण गरेको थियो । दोश्रो दिन लालबन्दी २ स्थित पद्मभुवनेश्वरी नमूना वृद्धासेवा आश्रममा मिष्ठान्न भोजन गराएको संघले २२ गते जिल्लास्थित ५ ओटा वर्थिङ्ग सेन्टरहरुको अवलोकन गरेको थियो । २३ गते बागमती नगरपालिकाको वडा नम्बर ६ मा स्थानीय तहको निर्वाचन केन्द्रित अभिमुखिकरण कार्यक्रम गरेको संघले २४ गते जिल्लाकै रामनगर गाउँपालिका २ मा अनेमसंघ गाउँकमिटी गठनसहित निर्वाचन केन्द्रीत अन्तरक्रिया गरेको थियो ।

२५ गते हरिवनमा महिला भेला तथा अन्तरक्रिया गरेको संघले २६ गते बरहथवामा वृहद कार्यक्रमको आयोजना गरी ८औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु, बरहथवा नगरभित्रका जनवर्गिय संगठनका जिल्ला स्तरीय निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान तथा अनेमसंघ बरहथवा नगर कमिटीलाई सपथ ग्रहण गराइएको थियो ।

अभियानको अन्तिम दिन २७ गते शुक्रबार चन्द्रनगर गाउँपालिकामा अभियानको समीक्षा गर्दै समापन गरिएको थियो । समापन कार्यक्रमलाई पार्टीकी केन्द्रीय सदस्य कमलादेवी महतो, संविधान सभा सदस्य हरि उप्रती, रञ्जना सरकार, मधेश प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्त, जिल्ला कमिटी उपाध्यक्ष विदुर कुमार प्याकुरेल, इश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा, हरिवन नगरपालिकाकी उपमेयर रेणुका कुमारी पौडेल, हरिपुर नगपालिकाकी उपमेयर रेणुका काफ्ले र अन्य महिला नेतृहरुले सम्बोधन गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.