१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
रौतहटमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

रौतहटमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय पक्राउ

रुपेन्द्र पटेल
रौतहट, २७ फागुन । रौतहटमा स्रोत नखुलेको रकम सहित एक जना भारतीय नागरिक पक्राउ परेको छ । मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ७३ हजार रुपैयाँसहित भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थाना क्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसादलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं एसपी ध्रुव कार्कीका अनुसार भारतीय बजार बाट ठुलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा गएको टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएको अवस्थामा उक्त रकम बरामद भएको हो । बरामद रकम सहित भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.