Nigrani Today

सर्लाहीमा एकै साथ १५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रिमितको संख्या २० पुग्यो

0 3,656

प्रेमनाथ पौडेल
सर्लाही,९ जेठ । सर्लाहीमा आज एकै साथ १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाहीको गोडैता नगरपालिका र रामनगर गाउँपालिका क्वारेन्टाइनमा बसेकाहरु मध्ये एकै दिन १५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

गोडैता नगरपालिकामा सबैभन्दा बढि १४ जना संक्रिमित देखिएको छ भने रामनगर गाउँपालिका १ जना गरी १५ जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । हाल सम्म संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था समान्य रहेको र संक्रमित व्यक्तिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको प्रजिअ जिसीले बताए ।

संक्रिमित व्यक्तिहरुको केहि दिन पहिला स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाएकोमा आज एकै साथ १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । संक्रमित १५ जनाको सम्पर्कमा आएको व्यक्तिहरुको अनुगमण कार्य जारी छ, विवरण आईसकेपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पनि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाईने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

New manakamana

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा गोडैता नगरपालिका वडा नं. १३ र १४ मा पनि कोरोना संक्रमित व्यक्ति उल्लेख गरिको छ तर नगरपालिकामा ति वडाहरु समेत नभएको गोडैता नगरपालिकाका मेयर देबेन्द्र रायले जानकारी दिए । मन्त्रालयका विज्ञप्ति अनुसार संक्रमित व्यक्तिहरु भारतको विभिन्न ठाउँहरुबाट केहि दिन पहिला नगरपालिकाका क्वारेन्टाइनमा आएका नगर प्रमुख देवेन्द्र रायले बताए ।

गोडैतमा वडा नं. १३ र १४ नभएको हुदाँ मन्त्रालयका बिज्ञप्ति त्रुटि पुर्ण रहेको हुँदा सर्लाहीमा कोरोना संक्रिमित व्यक्तिको संख्या हेरफेर समेत हुन सक्ने स्थानियहरुको अनुमान छ ।

यस अघि पनि रामनगरकै बहुअर्बा गाउँकै १८ वर्षिया युवतीमा, धनकौल गाउपालिकामा एक १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एक ४५ वर्षिय व्यस्कमा, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरका ३४ वर्षिय र बागमती–९ शंकरपुर बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ । यो संगै सर्लाहीमा कोरोना संक्रमित व्यक्तिको संख्या २० पुगेको छ ।

gift corner
टिप्पणीहरु
Loading...