२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
निरन्तरको वर्षाले सर्लाहीका ९३ वटा इँटा उद्योगमा करोडौँको क्षति – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

निरन्तरको वर्षाले सर्लाहीका ९३ वटा इँटा उद्योगमा करोडौँको क्षति

सर्लाही,२३ माघ ।सर्लाहीमा दुई दिनको निरन्तर वर्षाले ९३ वटा इँटा उद्योगमा करोडौँ मूल्य बराबरको इँटा नष्ट भएको छ ।
मैत्री हनुमान इटाँ उधोग हरिपुर ५ का संचालक राजु साहका अनुसार महिनो दिन लगाएर तयार गरिएको काचो ईटाँ निरन्तरको झरीको कारण ४० लाख बराबरको क्षति भएको बताउनुभयो । पानीले इँटा उद्योगहरुमा चाङ लगाएर राखिएको काँचो इँटा भिजेर नष्ट भएको साहले बताउनुभयो ।

हरिपुर नगरपालिकास्थित लक्ष्मीपुरमा रहेको आफ्नो दुईवटा इँटा उद्योगमा गरी झण्डै डेढ करोड रुपियाँ बराबरको इँटा नष्ट भएको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष मेथुर चौधरीले जानकारी दिनुभयो । उहाँले वर्षाका कारण अन्य इँटा उद्योगीको ५० लाखदेखि ७५ लाख रुपियाँसम्म नोक्सान भएको बताउनुभएको छ । सर्लाहीमा ९३ वटा इँटा उद्योग रहेका छन् । वर्षाको पानीले प्रत्येक इँटा उद्योगमा तयार पार्दै गरेको काँचो इँटा नष्ट भएको छ । वर्षाले इँटा नष्ट गरेपछि जिल्लामा अब केही समय निर्माणका कार्यहरु प्रभावित हुने देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.