१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चार दिन देखि सर्लाहीका विभिन्न ठाउँमा अवरुद्ध बिधुत सुचारु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चार दिन देखि सर्लाहीका विभिन्न ठाउँमा अवरुद्ध बिधुत सुचारु

सर्लाही,२३ माघ । सर्लाहीमा चा चार दिन देखि सर्लाहीका विभिन्न ठाउँमा अवरुद्ध बिधुत सुचारु भएको छ । । नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण शाखाले विहिवार राति देखि परेको वर्षाको कारण देखाउँदै चार दिन देखि विद्युत कटौती गरेको थियो । विद्युत कटौती भएपछि स्थानियलाई विद्युत बाट गर्ने विभिन्न कार्यहरु गर्न ग्राहो भएको थियो ।

स्थानियहरुले विद्युत पाधिकरण मलंगवा शाखाका कर्मचारीहरुलाई बुधुतको कटौतीको बारेमा बुझदा झर्किएर, रिसाएर बोल्ने गरेको चन्द्रनगर गाउँपालिका वडा नं. २ का स्थानिय शिवनाथ राउत कहारले जानकारी दिनुभयो ।सर्लाहीको चन्द्रनगर गाउँपालिका विभिन्न क्षेत्रमाहरुमा चार दिन देखि विद्युत काटिएको थियो, प्राधिकरणलाई चौतर्फी दबाब परेपछी बल्ल आज देखि विद्युत सुचारु गरेको स्थानिय राउतले जानकारी दिनुभयो ।

त्यस्तै गोडैतामा दुई दिन पछि लाइन आएपनि बति आउने जाने भैरहेको वडा नं. २ का स्थानिय शितल मुखियाले जानकारी दिनुभयो ।बतिको समस्या पछि मोबाइल स्विच अफ भएका छन, कुटानी पिसानी रोकिएको तथा विभिन्न समस्या भएको मुखियाले गुणासो गर्नुभयो ।

विद्युत प्राधिकरण मलंगवा शाखाका ईन्जिनियर रंन्जय महतोको अनुसार वर्षा तथा हावाहुरीको कारण ठाउँठाउँमा पोल भाचिएकोले बिद्युत अवरुद्ध भएको बताउनुभयो । ठाउँठाँउमा पोल ढलेको, विद्युत सर्ट भएको समस्या समाधान भइसकेकोले आज देखि राम्ररी विद्युत सुचारु हुने ईन्जिनियर महतोको भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.