१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
“घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने तालिम” सम्पन्न – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

“घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने तालिम” सम्पन्न

सर्लाही,२३ माघ । सर्लाहीमा “घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि पुनरताजगी तालिम” सम्पन्न भएको छ ।बागमती नगरपालिका स्थित होटल सिता प्यालेसमा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत “घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ तालिम” सम्पन्न भएको छ ।

चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष बिणा देवी साहले दिप प्रजोलन गरी तालिमको उद्घाटन गर्नु भएको थियो । तालिममा ब्रहम्पुरी, चन्द्रनगर, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिका तथा जिल्लामा बाल संरक्षणको क्षेत्रमा कार्यरत सेवा प्रदायक व्यक्तिहरुको सहभागीता रहेको थियो ।

३ दिनको तालिममा घटना व्यवस्थापन प्रक्रिया र मनोसामाजिक परामर्शको बारेमा बिस्तृत छलफल भएको थियो ।
तालिमको समापन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएको महिला बालवालिका तथा युवा खेलकुद मन्त्रालयको उपसचिव देव कुमारी खत्रीले सर्लाही जिल्लामा आर.आर.पि.के. र वल्र्ड भिजन इन्टरनेसनलले बाल संरक्षणको क्षेत्रमा गरेको काम उल्लेखनीय रहेको बताउनु भएको थियो । त्यती मात्रै हैन प्रदेश स्तरमा पनि आर.आर.पि.के. र वल्र्ड भिजन इन्टरनेसनलले समनव्य तथा सहकार्य गरेर काम गरिरहेको बताउनु थियो ।

ब्रहम्पुरी गाउँपालिकाका उपाध्यक्ष गिता देवी यादवले हामीले सडक र भवनमा मात्रै केन्द्रित भएर काम गरिरहेको थिए तर बाल संरक्षणको क्षेत्रमा पनि धेरै नै काम गर्नू पर्ने रहेछ । म यो तालिम बाट घोषणा गर्दछु कि ब्रहम्पुरी गाउँपालिकामा घटना व्यवस्थापन गर्नका लागि र मनोसामाजिक परामर्शकर्ता छुटा छुटै कर्मचारीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चन्द्रनगर गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष नन्दलाल रायले बाल संरक्षणको क्षेत्रमा म निस्वार्थ रुपले लागेर काम गर्ने छु र समुदायमा जनचेतना मुलक कार्यक्रममा जोड दिने भन्नुभयो ।

तालिमको सहजिकरण सी.एम.सी. नेपालको बरिष्ट मनोबिद प्रशिक्षक राजेश कुमार झा र राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.