२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रादेशिक आस्पतालमा तोडफोड गर्नेलाई कार्वाहीको माग – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

प्रादेशिक आस्पतालमा तोडफोड गर्नेलाई कार्वाहीको माग

सर्लाही,१५ चैत्र । सर्लाहीको मलंगवा नगरपालिकामा रहेको प्रादेशिक अस्पतालमा सोमवार तोफोड तथा चिकित्सकहरु उपर अभद्र व्यवहार गरिएको छ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदाँ सोमवार मलंगवा नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २७ को तौखिन मिकरानी र बर्ष २६ को मकबुल लहेरी मृत्यु भएको थियो ।

मृत्क मिकरानीका आफन्त तथा अन्य व्यक्तिले प्रादेशिक अस्पतालका डाक्टरले लापारवाही गरेको भन्दै प्रदेशिक अस्पताल मलंगवामा तोडफोड तथा चिकित्सकहरु उपर अभद्र व्यवहार गरेको विषयमा प्रदेशिक अस्पतालले आज कार्वाहीको माग गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ ।

मृत्कका आफन्तहरु तथा अन्य व्यक्तिहरु अस्पतालमा हुल दंगा गरि ड्युटीमा रहेका चिकित्सक, स्वास्थ्यर्की लगायत अन्य कर्मचारीहरुलाई गाली गलौज गरि कुटपिट गर्न खोज्ने जस्ता भयावह घटनालाई अस्पताल परिवारले भत्र्सना गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

प्रादेशिक अस्पताल मलंगवाका मेसु डा. नवल किशोर झा द्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा मृत्कका आफन्त तथा अन्य व्यक्ति आएको समुहले अस्पतालका ईमर्जेन्सी सेवा संचालन हुने औजार उपकरणहरु तथा उपचार गर्ने प्रविधिहरुलाई तोफोड तथा लुटपाट समेत गरिएकोले दोषीलाई पहिचान गरि कार्वाहीको माग समेत गरिएको छ । बिज्ञप्तीमा चिकित्सक तथा स्वास्थ्यकर्मी समेतको सुरक्षाका लागि आवश्यक सुनश्चिता तथा दोषिलाई कार्वाहीको माग गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.