सर्लाहीमा कार दुर्घटना हुदाँ एकको मृत्यु, पाँच जना घाइते
![](https://nigranitoday.com/wp-content/uploads/2022/01/road-accident-780x470.jpg)
सर्लाही, १७ चैत्र । सर्लाहीको लालबन्दी नगरपालिकामा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छ । गए राति साढे ९ बजेको समयमा लालबन्दी नगरपालिका वडा नं. १७ कालिनजोर पुल छेऊ पुर्ब पश्चिम लोक मार्गमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको बिआर ०६ बि एम १५३७ भारतीय नम्बरको कार अनियन्त्रित भइ दुर्घटना हुदाँ कारमा सवार ६ जना मध्ये एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।
मृत्यु हुनेमा कार चालक भारत स्थित जिल्ला सितामढी बयलडाबड धनुषि –२ वस्ने अन्दाजी वर्ष २२ को नबिन यादव रहेको छ । कार बाटो भन्दा १० फिट दक्षिण पर पल्टिएको थियो ।
यसैगरी घाइतेहरु भारत स्थित सितामढी जिल्ला बयलडाबड धनुषि –२ वस्ने वर्ष २७ को अतुल कुमार, वर्ष १९ को उमेश भन्ने दिबयान्स यादब, वर्ष २८ को प्रिन्सराज, वर्ष २२ को बजरङगी भन्ने शौरव यादव, जिल्ला मुजफ्फरपुर रामनगर १ वस्ने वर्ष २५ को अजित यादव रहेको छ । यादवको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । मृत्कको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।