३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा

सर्लाही,१५ चैत्र ।सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले छापा मारेको छ । मंगलवार दिउसो कौडेना गाउँपालिकाको कागजातहरु अख्तियारको टोलीले नियन्त्रण लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास बाट खटेको टोलीले कौडेनामा कोरोना सम्बन्धी सबै फाईलहरु नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

कोरोनाका लागि सरकारले पठाएको राहत वितरणमा अनियमितता गरेको उजुरीको आधारमा गाउँपालिकामा छापामारी गरी आवश्यक कागजाकत नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

कोरोना बाट प्रभावित अति विपन्न परिवारलाई १० हजारको दरले ७ सय ४२ परिवारको लागि ७४ लाख २० हजार रकम मध्ये केहि १२ लाख रकम हिनामिना भएको उजुरीको आधारमा कोरोना सँग सम्बन्धित कागजातहरु नियन्त्रण ल्याएको र अन्य अनुसन्धान कार्य भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका सूचना अधिकारी बिजय कुमार शर्माले जानकारी दिनुभयो ।

होलि पर्व भएको हुदाँ स्वास्थ्यकर्मीको तलब अपुग भएपछि पछि सोध भर्ना हुने गरी कोभिडको शिर्षक रकम ७४ लाख २० हजार मध्ये १२ लाख रुपैया झिकिएको कौडेना गाउँपालिकाका लेखा अधिकृत हरिनारायण साहले जानकारी दिनुभयो ।

रकम हिनामिना भएको कुरामा कुनै सत्यता छैन अख्तियारको टोलिले पनि १२ लाखको भाउचर देखेको छ, स्वास्थ्यकर्मीलाई नै तलब गएको छ, कोभिड शिर्षकको रकम वितरण हुने समय सम्म खर्च गरिएको रकम पुःन उक्त शिर्षकमै जाने अधिकृत साहले बताउनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.