१४ बैशाख २०८३, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
निगरानी टुडे सहित सर्लाही ३ संचारगृहले मनाए सामुहिक बार्षिकोत्सव – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

निगरानी टुडे सहित सर्लाही ३ संचारगृहले मनाए सामुहिक बार्षिकोत्सव

सर्लाही,२ वैशाख । सर्लाहीबाट प्रकाशित हुने निगरानी टुडे पत्रिका सहित सर्लाहीका ३ वटा संचारगृहले नयाँ बर्षको दिन बार्षिकोत्सव मनाएका छन । सर्लाहीको लालबन्दी नगरपालिका बाट प्रकाशित निगरानी टुडे, सदरमुकाम मलंगवाबाट संचालीत रेडियो मलंगवा, सर्लाही अपडेट दैनिक पत्रीकाले एक सामुहिक कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिक उत्सव मनाएका हुन ।

जिल्लाको चन्द्रनगर गाउँपालिकामा पर्ने प्रशिद्ध नाढिमन तालमा एक बृहत शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रमको आयोजना गर्दै ति संस्थाले बार्षिक उत्सव मनाएका हुन ।

जिल्लाका सम्पुर्ण संचारगृह संचालक एवं संचारकर्मिहरुको उपस्थितीमा बृहत कार्यक्रम गरिएको सर्लाही अपडेटका प्रकाशक तथा सम्पादक बन्दना झाले बताउनुभयो ।

रिपोर्टस क्लब नेपाल मधेश प्रदेश अध्यक्ष एवं राष्ट्रिय लोकतन्त्र दैनिकका प्रबन्ध निर्देशक बख्तियार अलीले संचालन गरेको कार्यक्रममा सांसद उपेन्द्र महतो नेपाल पत्रकार महासंघका अध्यक्ष टंक बहादुर क्षेत्री,पत्रकार विश्वनाथ ठाकुर, ओमप्रकाश ठाकुर, सुनिल ठाकुर, श्रवन थापा,कृष्ण थपलिया,घनश्याम बलम्पाखी, घनश्याम सिंह लगायत  लगायत जिल्ला भरीका संचारगृह सँग आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button