१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरका उपाध्यक्ष माओवादीमा प्रवेश – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

चन्द्रनगरका उपाध्यक्ष माओवादीमा प्रवेश

सर्लाही,२ वैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष विना देवि साह लोसपा परित्याग गरी नेकपा माओवादीमा केन्द्रमा प्रवेश गर्नुभएको छ । धनुषाको जनकपुरधाममा एक कार्यक्रमका बिच चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष साह र रामछविला साह लोसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको होे ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, प्रदेश कमिटिका सदस्य तथा सर्लाही जिल्ला सह–इन्चार्ज रामपृत राय, सर्लाही जिल्ला कमिटि सदस्य इन्दल राय लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा नेकपा माओवादी केन्द्र चन्द्रनगर गाउँपालिका कमिटि सचिव तथा युवा नेता रिकी साहको पहलमा चन्द्रगर गाउँपालिका उपाध्यक्ष साह माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र चन्द्रनगर गाउँपालिका कमिटिले जनाएको छ । अहिले स्थानिय तह चुनाव नजिकिदै गर्दा विभिन्न पार्टी परित्याग गरी विभिन्न पार्टी प्रवेश गर्नेको लहल नै चलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.