२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
 सुनचाँदी व्यवसायसंघले गरे  नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

 सुनचाँदी व्यवसायसंघले गरे  नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकामा नेपाल सुनचाँदी व्यवसाय संघ गौशालाद्वारा गौशाला नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।

गौशाला न।पा। स्थित सुनचाँदी व्यवसाय संघको आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधि नगरप्रमुख दिपेन्द्र महतो, वडा नं। ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, वडा सदस्य जय नारायण साह लगायत ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रंजन मिश्र, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साह लाई दोसल्ला ,अबिर र मायाको चिनो दिई सम्मान गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सोनेलाल रसाइलिले भने गौशाला बजारमा विगतमा अनेकौ किसिमको गतिविधि हुदै आए पनि विगतका निर्वाचित जनप्रतिनिधिहरुको अथक प्रयास पछि पनि सुधार नआएको बताउनुभयो । तर अहिले युवाहरुले बागडोर सम्मालेका कारण नयाँ ढंग, नयाँ जोशले अगाडि बढ्ने विश्वास लिएको बताउनु भयो ।

प्रमुख अतिथि नगरप्रमुख दिपेन्द्र महतोले गौशाला बजारको सुरक्षाको जिम्मेवारी नगरको भएको भन्दै यहाँका व्यापारीलाई चाहिने आवश्यक सुरक्षा तथा अझ व्यापार, व्यवसायलाई फ्रष्ट्याउन चाहे अनुसारको सेवा सुविधा दिन गौशाला नगरपालिका तत्पर रहेको महतोले बताए । गौशाला बजारमा कुनै घटना घट्नु आफुमाथि प्रश्न चिन्ह खडा हुनु हो त्यसकारण यहाँका व्यापारीहरुको सुरक्षाको लागी कुनै कसर बाँकी नराख्ने महतोले बताए ।

गौशाला नगर सुनचाँदी व्यवसाय गौशाला महोत्तरीका अध्यक्ष जितेन्द्र कुमार रौनियारको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । साथै सफल कार्यकालको शुभकामना सहित व्यक्त गरेका थिए ।

कार्यक्रममा ब। उपाध्यक्ष शम्भु साह,उपाध्यक्ष सिकेन्द्र साह, महा–सचिव जानकी शरण साह, सह–सचिव रवि कुमार साह, कोषाध्यक्ष उमेश साह, सदस्य रोशन शाशंकर, मिथिलेश शरण साह, राकेश साह, निरज बराईलि, टिकाजंग रसाईलि, सोनेलाल रसाईलि, महिला सदस्य बबिता साह, बिना देवी साहको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.