१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा ७६ लाखको कृषि सामग्री वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा ७६ लाखको कृषि सामग्री वितरण

सर्लाही,१९ असार ।सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामदमा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाखको कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आज भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सर्लाही को आयोजना गाउँपालिका उपाध्यक्ष गिता देवी महतोको अध्यक्षतामा व्यवसायीक माछा ब्लक विकास कार्यक्रम मत्स्य जन्य उत्पादनको अभिमुखिकरण अौजार उपकरण वितरण कार्यक्रम सम्पन्न भएको नाढीताल कृषक समूह ले जनाएको छ ।

कृषि अौजार तथा सामग्रीहरुमा सेकसन पाईप१ हजार ९० फिट ,डिलेभरी पाईप २ हजार किलोग्राम ,समरसिबल मोटर ४ ईन्चको ६ थान, वाटर मोटर पम्पी सेट३४ थान ,तार १० एम एम १३ हजार मिटर, वाटर मोटर ६० पिस ,पानी तान्ने मोटर १९६ पिस गरि ७६ लाखको सामग्री नाढीताल कृषक समूह संग आबध किसानहरुलाई वितरण गरिएको नाढीताल कृषक समूहका अध्यक्ष लोकेन्द्र मुखियाले जानकारी दिनुभयो ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सर्लाहीका प्रमुख संकर साहका अनुसार यश वर्ष ब्लककोलागि धेरै दबाब आयो ।संघीय सरकार बाट प्रदेश प्रदेश बाट स्थानीय आएको छ।गत आवमा व्यवासायीक गाई ब्लकमा ८० लाख बजेट आए पनि फ्रिज भएर गयो ।चन्द्रनगरमा १२ सय हेक्टर जग्गामा माछा व्यवसायी र दोस्रो ईश्वरपुरमा ५ सय थियो ।दबाब आए पनि हामी निक्षपक्ष चन्द्रनगर ६ मा कार्यक्रम राखे साहले भन्नुभयो ।३८ लाख किसानको र ३८ लाख कार्यलयको गरि ७६ लाखको अौजार वितरण भएको छ ।यो कार्यक्रम संचालन भएपछी २ वर्ष फेरी ब्लक कार्यक्रम निरन्तर चलने साहले बताउनुभयो । यो कार्यक्रम यश वर्ष नभएको भए सदैवको लागि बन्द हुने थियो ।

Exif_JPEG_420

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सर्लाहीका प्रमुख साहले उदाहरणीय कार्य गरेको बताउनुभयो । साह चुनावको मुखमा कार्यलयमा आउनु भयो दुई महिना मै उहाले यो कार्यक्रम चलाउनु भयो । साह नआएको भए यो रकम पनि फ्रिज हुन्थयो । किसानको बजेट किसानमा आएको हुदा आफु एकदम खुसी भएको बताउनुभयो । कृषि प्रधान देश भन्छौ तर सबै कृषि जन्य बस्तु आयात गर्छौ । भुमीको व्यवस्थापन भएन र कृषि व्यवसायीक नभएर अहिले हामी आयातकै भर परिरहेका छौ प्रजिअ गौतमले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगर पकेट बाट ब्लकमा वृद्धि भएकोमा एकदम खुसी लागेको छ ।चन्द्रनगर गाउँपालिका जतिको माछा पालन मधेश प्रदेशको कुनै जिल्ला नभएको बताउनुभयो ।चन्द्रनगरमा लगभग २ सय भन्दा बढी पोखरी छ ।

Exif_JPEG_420

यो पालिकामा पोखरी व्यवस्थापन तथा पोखरी बाट उत्पन्न समस्या समाधानका लागि हामी कानुन बनाउन गईरहेका छौ । माछामा पहिला शुध्ता थियो ।तर हालमा आएर विभिन्न अौषधीका कारण समस्या भएको छ। माछा व्वसायीलाई अर्गयानिक बनाउनु आजको आवश्यकता छ। हामीले अर्गयानिक माछा उत्पादन गर्न सकयौ भने देशका विभिन्न ठाउमा माछा निर्यात हुने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

Exif_JPEG_420

कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष राम स्वरुप राउत ,वडा नं ३ का वडा अध्यक्ष सिताराम महतो,समाजसेवी महावीर महतो लगायत स्थानीय किसानहरूको उपस्थिति रहेको स्थानीय नवल नेपालले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.