१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मेची महाकाली बुहारीको ५१ औं शाखा बर्दिवासमा विस्तार – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मेची महाकाली बुहारीको ५१ औं शाखा बर्दिवासमा विस्तार

महोत्तरी,१८ असार । मोहत्तरीको बर्दिवास नगरपालिकामा मेची महाकाली बुहारी संयुक्त आवाजको शाखा कार्यालय विस्तार गरिएको छ । शुक्रवार मेची महाकाली बुहारी संयुक्त आवाजले एक कार्यक्रमको आयोजना गरी ५२ औं शाखाको रुपमा बर्दिवासमा विस्तार गरेको छ । बर्दिवास शाखाको संयोजकमा निता दहाल तोकिएको मेची महाकाली बुहारी संयुक्त आवाजले जनाएको छ ।

बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रलाद क्षेत्रीको प्रमुख आतिथ्यता तथा उपप्रमुख तारादेवी महतोको विशेष आतिथ्यतामा मेची महाकाली बुहारी संयुक्त आवाजको शाखा कार्यालय विस्तार गरिएको हो । शाखा विस्तार कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजको मधेश प्रदेश संयोजक पुजा पाठक, सह संयोजक रम्मा कुमारी काफ्ले,सर्लाही उपशाखा संयोजक शर्मिला बानियाँ लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।मेची महाकाली बुहारी संयुक्त आवाज बिगत २ वर्ष देखि हिंसामा परेको महिला तथा बालबालिकाहरुको क्षेत्रमा सक्रिय भएर काम गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.