११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
काठमाडौंमै लाग्यो नारा, ‘बालेन चोर, कुर्सी छोड्’ – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबर

काठमाडौंमै लाग्यो नारा, ‘बालेन चोर, कुर्सी छोड्’

काठमाडौं । अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको बिरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन गरका छन् ।

काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौंको सहभागितामा निकालिएको सो र्यालीमा सहभागिहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बिरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् ।

‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमि कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरुले लगाएका छन् । यस्तै प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन् ।
काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन् ।
पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरुको माग सम्बोधन नभए माईतिघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।
कबाड व्यवसायीहरुको काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता एवं नवीकरण रोकेको उनीहरुले आक्रोश व्यक्त गरेका छन् । आन्दोलनकारीले व्यवसायीहरुमाथि भएको दुव्र्यवहारको न्यायोचित छानबिन हुनुपर्ने, भौतिक संरचनामा भएको तोडफोडबारे छानबिन गरी उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग समेत गरेका छन् ।
कबाड व्यवसायीको आन्दोलनमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को समेत सहयोग रहेको छ । आन्दोलनमा आजपा महासचिव अमर साहको विशेष सहभागिता रहेको छ । कबाड व्यवसायी संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्वमा सो प्रदर्शन भएको हो । बालेनले कबाड व्यवसायीमाथि डोजर आतंक मचाएपछि केही समय अघि आजपा अध्यक्ष प्रभु साहले काठमाडौंका मेयरको डोजर आतंक नरोकिए काठमाडौं महानगरमा प्रभु साहको डोजर चल्ने चेतावनी दिएका थिए ।
शनिबार आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले कबाड व्यवसायीको आन्दोलनमा समर्थन गर्ने र आन्दोलन सफल बनाउँने निर्णय गरेको थियो । उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष सहभागिता रहेको थियो ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button