८ मंसिर २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
वृन्दावन नगरपालिकाको ८ औं अधिवेशन भव्यताका साथ सम्पन्न  – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाजस्थानीय

वृन्दावन नगरपालिकाको ८ औं अधिवेशन भव्यताका साथ सम्पन्न 

 

प्रदीप कुमार दास, रौतहट ।

आषाढ ११ गते , मंगलबार ।

 

रौतहटको वृन्दावन नगरपालिकाको ८ औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । वृन्दावन नगरपालिका वडा नं -६ मा अवस्थित बतहु मा.वि.को प्राङ्गणमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको ८ औं अधिवेशन उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको हो ।

नगर प्रमुख बिनोद प्रसाद कुर्मीले शिक्षा ,स्वास्थ्य , कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राख्दै हरेक क्षेत्रलाई समेट्दै आ.व. २०८१/०८२ को निति तथा कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका हुन् ।

८ औं नगर सभाबाट वृन्दावन नगरपालिकाले नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफँड, संघीय सरकार समपुरक, वित्तिय समानिकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व गरि बजेट ल्याएको हो ।नगर प्रमखले बजेट प्रस्तुत गर्दै निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएतका क्षेत्रलाई विशेष प्रथमिकता दिईएको बताए ।

नगरप्रमुख बिनोद प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५९ करोड १२ लाख ३० हजार बजेट प्रस्तुत भएको हो।

नगरसभामा सम्पूर्ण वडाका वडाध्यक्षहरु ,वडा सदस्यहरू ,नेता कार्यकर्ताहरु ,स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरु लगायत विभिन्न मिडियाका पत्रकारहरुको उपस्थितिमा उक्त नगरसभा सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button