१७ असार २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गुजरा नगरपालिकाको १० औं नगर सभा सम्पन्न । – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

गुजरा नगरपालिकाको १० औं नगर सभा सम्पन्न ।

 

 

प्रदीप कुमार दास, रौतहट ।

आषाढ ११ गते , मंगलबार ।

 

रौतहटको गुजरा नगरपालिकाको १० औं नगर सभा भव्यताका साथ सम्पन्न भएको छ । गुजरा नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको १० औं नगर सभा सम्पन्न भएको हो ।

सन्त लाल चौधरीले शिक्षा ,स्वास्थ्य , कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राख्दै हरेक क्षेत्रलाई समेट्दै आ.व. २०८१/०८२ को निति तथा कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका हुन् ।

 

त्यसै गरी १० औं नगर सभाबाट गुजरा नगरपालिकाले नेपाल सरकारको संघीय बजेटबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफँड, संघीय सरकार समपुरक, वित्तिय समानिकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व गरि बजेट ल्याएको हो ।

 

नगर प्रमखले बजेट प्रस्तुत गर्दै निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएतका क्षेत्रलाई विशेष प्रथमिकता दिईएको बताए ।

 

नगरप्रमुख सन्त लाल चौधरीले अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५७ करोड ६८ लाख ६३ हजार बजेट प्रस्तुत भएको हो।

 

नगरसभामा सम्पूर्ण वडाका वडाध्यक्षहरु ,वडा सदस्यहरू ,नेता कार्यकर्ताहरु ,स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरु लगायत विभिन्न मिडियाका पत्रकारहरुको उपस्थितिमा उक्त नगरसभा सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.