एनएमबी बैंकका खाताधारीले औषधिमा ५% र ल्याब टेष्ट १५ % छुट पाउने
सर्लाही । सर्लाहीको लालबन्दी स्थित एनएमबी बैंकको शाखा र बयलवाशमा रहेकाे गाेदावरि होस्पितल बीच विभिन्न सेवाका सम्वन्धमा सहकार्य भएको छ ।
बुधबार सो बैंकको शाखा प्रमुख अरुन आचार्य र डा उमाशखर गुप्ता संचालक बीच सहकार्य पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एनएमबी बैंकका खाताधारीलाई औषधिमा ५% र ल्याब टेष्ट १५ %र अपरेशन सेवामा ५ प्रतिशत “छुट दिने, उल्लेख छ ।
सेवाग्राहीको हितलाई मध्यनजर गरी गाेदावारी होस्पितल सँग यस प्रकारको सम्झौता गरिएको एनएमबी बैंक लालबन्दि शाखाका शाखा प्रमुख अरुण आचार्यले बताए ।एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।