१९ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा तथा पर्सामा अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य पशिक्षण – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरसमाचारसमाजस्थानीय

हरिपुर्वा तथा पर्सामा अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य पशिक्षण

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा कार्यगत सिमितता(अपाङ्गता भएका बालबालिका)हरुको  स्वास्थ्य परिक्षण गरिएको छ । बागमती सेवा समाज नेपाल हरिवन, वल्र्ड भिजनको सहकार्यमा पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिका गरी ९१ जना अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

जसमध्ये पर्सा गाउँपालिकामा ४१ जना र हरिपुर्वा नगरपालिकामा बिहिवार ३१ जना तथा शुक्रवार १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको सहजीकरण तथा प्रेरणाको प्राविधिक सहयोगमा ति बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएको बालबालिकाहरुलाई जुलाई महिना भित्र नै साहयक सामग्री समेत वितरण गरिने बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले जानकारी दिनुभयो । हरिपुर्वा नगरपालिका वडा नं. ३ स्थित रहेको राष्ट्रिय अधारभुत विद्यालयमा ति बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button