१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा २५ लाखको लागतमा निर्माण हुने विद्यालय भवनको शिलान्यास – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा २५ लाखको लागतमा निर्माण हुने विद्यालय भवनको शिलान्यास

सर्लाही,२० माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ४ मा विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ४ मा रहेको शंकर सिंह चन्द्रावती सार्वजनिक प्राथमिक विद्यालयमा दुई कोठे पक्की भवनको शिलान्यास गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी रायको अध्यक्षतामा पूर्व सांसद सवित्री देवी साह र वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह दनुवारले संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

मधेश प्रदेश सरकारको समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको समाजिक विकास ईकाइ कार्यालयबाट प्राप्त २५ लाख रुपैयाको लागतमा सो विद्यालय भवन निर्माण हुने छ ।

भवन शिलान्यास कार्यक्रममा नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज कुमार सिंह,वरिष्ठ सल्लाहकार एवम मजमाबि चन्द्रनगरका प्रधानाध्यापक लालबाबु राय, नेपाल शिक्षक संघ चन्द्रनगरका नव निर्वाचित अध्यक्ष सुशिल कुमार सिंह, नेपाल शिक्षक संघ चन्द्रनगरका नव निर्वाचित उपाध्यक्ष श्याम कुमार महताे, सचिव मोहन कुमार साह, पुर्व शिक्षक सहदेव सिंह, महेश्वर महताे, शिक्षक प्रामाेद कुमार सिंह, नेपाली कांग्रेस क्षेत्र नं. १ (क) का प्रदेश सभापती अनिल कुमार कर्ण लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

विद्यालय भवनको अभावमा पठन पाठनमा समस्या भैरहेकोले नयाँ विद्यालय भवन बन्ने भएपछि शिक्षक तथा विद्यार्थीहरुमा उत्साह जागेको अभिभावकहरुले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.