६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
साहित्यकार पौडेल र घिमिरे भानु प्रतिष्ठानको मधेश प्रदेशका संयोजक तथा सहसंयोजकमा मनोनित – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजसाहित्य कलास्थानीय

साहित्यकार पौडेल र घिमिरे भानु प्रतिष्ठानको मधेश प्रदेशका संयोजक तथा सहसंयोजकमा मनोनित

सर्लाही । साहित्यकार विवश पौडेल र सुमन घिमिरे अग्रिम भानु प्रतिष्ठानको मधेश प्रदेशकाे संयोजक तथा सहसंयोजकमा मनोनित भएका छन्।

भानु प्रतिष्ठान नेपाली साहित्यका विशिष्ट प्रतिभा एवम् नेपालका राष्ट्रिय विभूति भानुभक्त आचार्यका नाममा स्थापित भाषा, साहित्य र संस्कृतिसम्बन्धी बहुमुखी गतिविधि सञ्चालन गर्दै आएको संस्था हो ।

यस संस्थाले साहित्यकार पौडेल र घिमिरेलाई वि.सं.२०८१ असार २० गते मधेश प्रदेशका लागि मनोनयन गरेको हो।

यस संस्थाको नामसँग जोडिएका प्रतिभा भानुभक्त आचार्यलाई नेपालमा राष्ट्रभाषाका उन्नायक तथा राष्ट्रिय विभूतिका रूपमा सम्मान गर्दै आएको छ भने संसारभरका नेपालीले भानुभक्तलाई नेपाली जातीय साझा चेतनाका प्रतीक मान्दै आएका छन् ।

आचार्यका नाममा स्थापित संस्था भानु प्रतिष्ठान ऐतिहासिक संस्था हो र यसले वि.सं. २०११ सालदेखि तनहुँमा र वि.सं २०३३ देखि काठमाडौँमा रही विभिन्न राष्ट्रियस्तरका कार्यक्रम गर्दै आएको छ । यस संस्थाले भानुभक्तको कृतित्वका साथै समग्र साहित्यको उन्नयनमा बहुमुखी काम गरिरहेकाे छ ।

संस्थाको उद्देश्यलाई अगाडि बढाउँदै संस्थाको गरिमा अझ उच्च बनाउन यसै वर्षदेखि प्रदेश तहमा पनि भानुजयन्ती समारोहलाई विशेष समरोहका रूपमा मनाउने योजना उक्त प्रतिष्ठानले बनाएको छ। भानु प्रतिष्ठानले निर्धारण गरेका कार्यक्रमलाई सफल र भव्य बनाउन मधेश प्रदेशको संयोजकका रूपमा पौडेल र सहसंयोजकका रूपमा घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।

संस्थाका उद्देश्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षासहित साहित्यकार द्वयलाई संस्थाको कार्यसमितिको निर्णयबाट विधानअनुरूप मधेश प्रदेशको क्रमश: संयोजक तथा सहसंयोजक पदमा मनोनयन गरेको प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार डा.नवराज लम्सालले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button