२९ आश्विन २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको २० वटै पालिकामा जनमत पार्टी सक्रिय, २ सय वडामा नै संगठन विस्तार – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाहीको २० वटै पालिकामा जनमत पार्टी सक्रिय, २ सय वडामा नै संगठन विस्तार

सर्लाही । सर्लाहीमा जनमत पार्टी प्रवेश गर्नेको लहर नै चलेको छ । जनमत पार्टीले २ सय वडा मा नै अधिवेशन सम्पन्न गरेर एउटा बलियो टिम निर्माण गरेको छ । यतिबेला सर्लाहीको २० वटै पालिकामामा जनमत पार्टी सक्रिय बनेको छ । बिहिवार मात्र सर्लाहीको बरहथवा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा जनमत पार्टीमा प्रवेश गरेको छ ।

जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन (सुजन) यादवले सर्लाही जिल्ला भरी संगठन चुस्त दुरुस्त र जिल्लामै सब भन्दा राम्रो संगठन जनमत पार्टीको रहेको दावी समेत गरे । जनमत पार्टी सुशासनको पक्षमा जहिले पनि वकालत गरिरहने ईन्चार्ज यादवले बताए ।

जिल्ला ईन्चार्ज यादवले आफ्नो अथक मेहनत, प्रयास र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई समेत पटक पटक सर्लाहीमा आमन्त्रण गरी उपस्थित गराएर संगठनलाई बलियो बनाउने कार्य गरेको छ ।

जिल्ला ईन्चार्ज यादवको सक्रियतामा सर्लाहीमा जनमत पार्टी बलियो भएको जनमत पार्टीका केन्द्रिय सदस्य राकेश मिश्राले जानकारी दिए । जिल्ला ईन्चार्ज यादवको सक्रियतामा नै सर्लाहीको २० वटा पालिका र २ सय वडामा जनमत पार्टी बलियो भएको उहाको भनाइ छ । केन्द्रिय राजनैतिक समितिको सदस्य एबम सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा प्रत्याशी उम्मेदवार समेत रहेका नेता मिश्रले जनमत पार्टी सताको लागि गलत तत्व सँग समझौता नगर्ने र मधेस र देश लाई समृद्धीको बाटोमा जनमत पार्टीले मात्र लान सक्ने बताए ।

कार्यक्रममा जनमत पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य सनजय सिंह लगायत जिल्ला भरीको २०० सय नेता कार्यकर्ताले आ–आफ्नो पालिकाको मन्तव्य राखेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button