हरिपुर्वाका १८ जना बालबालिकालाई सहायक सामग्री वितरण
सर्लाही, २२ भदौ – सर्लाहीको हरिपुर्वा नगरपालिकामा शारीरिक अपाङ्ग भएका १८ बालबालिकालाई सहायक सामग्री वितरण गरिएको छ। बागमती सेवा समाज नेपाल हरिवनको आयोजना र हरिपुर्वा नगरपालिकाको समन्वयमा आज यो सहायक सामग्री वितरण गरिएको हो।
वल्ड भिजनसँगकाे साझेदारीमा सञ्चालित बाल संरक्षण र समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका शारीरिक अपाङ्ग भएका बालबालिकालाई आवश्यक सहायक सामग्री उपलब्ध गराइएको छ।
बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले यसबारे जानकारी दिएका छन्।
यस कार्यक्रमले अपाङ्ग बालबालिकाको जीवनस्तर सुधार्न र उनीहरूको दैनिक जीवनलाई सहज बनाउन ठूलो सहयोग गर्ने आशा गरिएको संयोजक बाँदेले जानकारी दिनुभयो ।कार्यक्रममा अभिभावकहरूलाई बालबालिकाहरूका लागि कसरी physio therapy गराउने सम्बन्धि अभिमुखीकरण समेत पनि गराइएको थियो।