३१ भाद्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वाका १८ जना बालबालिकालाई सहायक सामग्री वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वाका १८ जना बालबालिकालाई सहायक सामग्री वितरण

सर्लाही, २२ भदौ – सर्लाहीको हरिपुर्वा नगरपालिकामा शारीरिक अपाङ्ग भएका १८ बालबालिकालाई सहायक सामग्री वितरण गरिएको छ। बागमती सेवा समाज नेपाल हरिवनको आयोजना र हरिपुर्वा नगरपालिकाको समन्वयमा आज यो सहायक सामग्री वितरण गरिएको हो।

वल्ड भिजनसँगकाे साझेदारीमा सञ्चालित बाल संरक्षण र समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका शारीरिक अपाङ्ग भएका बालबालिकालाई आवश्यक सहायक सामग्री उपलब्ध गराइएको छ।

बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले यसबारे जानकारी दिएका छन्।

यस कार्यक्रमले अपाङ्ग बालबालिकाको जीवनस्तर सुधार्न र उनीहरूको दैनिक जीवनलाई सहज बनाउन ठूलो सहयोग गर्ने आशा गरिएको  संयोजक बाँदेले जानकारी दिनुभयो ।कार्यक्रममा अभिभावकहरूलाई बालबालिकाहरूका लागि कसरी physio therapy गराउने सम्बन्धि अभिमुखीकरण समेत पनि गराइएको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.