३१ भाद्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहटका दुई बालकको उद्धार गर्दै ईश्वरपुरका मेयर आचार्य – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

रौतहटका दुई बालकको उद्धार गर्दै ईश्वरपुरका मेयर आचार्य

सर्लाही । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मेयर मनोज कुमार आचार्यले रौतहटका दुई बालकको उद्धार गर्ने भएका छन ।

सांस्कृतिक तथा राजनैतिक भ्रमणका क्रममा भारतमा रहेका मेयर आचार्यले रौतहटको गौर नगरपालिका १२ वर्षीय विकाउ पासवान र १३ वर्षीय मोहम्मद समिरलाई एक हप्ताभित्र नेपाल ल्याएर उद्धार गर्ने भएका हुन ।


मेयर आचार्यले भारतको मध्य प्रदेशमा रहेको मानव तस्तकरी र बालबालिकाको उद्धार गर्ने सामाजिक संस्था ‘किन इंडिया’ का संचालक नवीन जोशीको सहयोगमा रौतहटको गौर नगरपालिका बस्ने ती दुई बालकहरुलाई उद्धार गरी नेपाल ल्याउन लागेको मेयरले सामाजिक सञ्जाल मार्फत जानकारी दिए ।

मेयर आचार्यका अनुसार उद्धार गर्न लागिएका बालकहरु ९ महिना अघि भारतको बैरगनियाबाट रेल चढेर बरालिएर मध्य प्रदेश पुगेका थिए । मध्य प्रदेश पुगेका ति बालकहरुलाई बाल सहयोग नामक सामाजिक गैर सरकारी संस्थाको सेल्टरमा राखिएको थियो ।

मेयर आचार्यले भारतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बालकहरुलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.