पर्साका अति विपन्न घरधुरीलाई सोलार लाईट वितरण
सर्लाही,२५ भाद्र। सर्लाहीको पर्सा गाउँपालिकामा अति विपन्न घरधुरीलाई सोलार लाईट वितरण गरिएको छ । राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित उज्यालो सर्लाही परियोजना अन्तर्गत पर्सा गाउँपालिकाको ३ सय ६३ अति विपन्न घरधुरीलाई सोलार लाईट वितरण गरिएको छ ।
सोलार वितरण कार्यक्रममा पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय यादवको अध्यक्षता तथा वडा नं. ३ का अध्यक्ष रघुनाथ साहको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।
वर्षायाममा बत्तीको अत्यधिक समस्या हुने र यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको सुरक्षामा पनि असर पार्ने हुनाले सोलार लाइट वितरण गरिएको राष्ट्रिय रोजगार प्रवर्धन केन्द्रले जनाएको छ ।
सोलार लाइटले शिक्षा, स्वास्थ, सुरक्षा र अन्य दैनिकि क्रियाकलापमा टुवा पुुग्ने निम्ति उक्त लाइट सोर्ष फाउण्डेशन द्धारा प्रदान गरिएका राष्ट्रिय रोजगार प्रवर्धन केन्द्रका बोर्ड उपाध्यक्ष बजरङ्ग बली साहले जानकारी दिए । सोलार लाई३ वटा बल्ब, मोबाइलको चार्जर सोलार चार्जर रहेको छ ।
अति विपन्न घरधुरीम सोलार लाइटले विभिन्न सुविधा दिने र यसले बालबालीकाको सर्वाङ्गीण विकासमा मद्दत पु¥याउने पर्सा गाउँपालिका अध्यक्ष यादवले बताए । उहाले राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र वर्लड भिजन इन्टरनेशनलाई विशेष धन्यबाद ज्ञापन समेत गरेको छ ।