८ माघ २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

महोत्तरी, २६ भाद्र। वल्र्ड भिजन इन्टरनेसनल नेपालले मधेशका महोत्तरी, सर्लाही र रौतहट जिल्लामा संचालन गरिरहेको विभिन्न परियोजनाका गतिविधिबारे आज बर्दिबासमा एक कार्यक्रम गरी संचारकर्मीहरु बीच अन्तरक्रिया आयोजना गरिएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै संस्थाका फिल्ड प्रवन्धक विनय अमात्यले वल्र्ड भिजन इन्टरनेसनल नेपालले बालबालिकालाई केन्द्रविन्दुमा राखी दिगो सामुदायिक विकासका परियोजनाहरु संचालन गरिरहेको बताउनुभयो ।

“बालबालिकाहरुको स्वास्थ्य, शिक्षा, संरक्षण जस्ता चौतर्फी विकासका लागि कार्य गरिरहेको छ ।” फिल्ड प्रवन्धक अमात्यले भन्नुभयो “बाल कुपोषण अन्त्यका लागि मधेश प्रदेश सरकारको प्राथमिकतालाई सहयोग गर्न संस्थाले सोही अनुसारका गतिविधिहरु संचालन गरिरहरको छ ।”

यसैगरी तीन वटै जिल्ला स्थानीय साझेदार संस्थाहरु मार्फत संचालन भएका गतिविधिहरुको बारेमा जानकारी दिनुहुँदै संस्थाको पोषण विज्ञ पुजा पोख्रेलले बालबालिकाहरुको ९० प्रतिशत मानसिक विकास हुने भएकोले बालबालिकाको पोषणलाई मध्यनजर गरी क्रियाकलाप संचालन गरिएको जानकारी दिनुभयो ।

सो कार्यक्रममा मधेश प्रदेशमा पुड्कोपन, ख्याउटेपन र कम तौलका कुपोषित बालबालिकाको संख्या ठूलो मात्रामा रहेकोले पोषणको क्षेत्रमा लगानी बढाउनु पर्ने र संचार जगतले पनि यस विषयलाई प्राथमिकताका साथ उठान गर्नु पर्ने वहाँले बताउनुभयो ।

संस्थाका फिल्ड कार्यक्रम प्रमुख हरि प्रसाद उपाध्यायले ३ वटै जिल्लामा जीविकोपार्जन, स्वास्थ्य तथा पोषण, शिक्षा, संरक्षणसँग सम्बन्धित विभिन्न परियोजनाहरु मार्फत अति विपन्न घरधुरी र बालबालिकाहरुको उत्थानका लागि क्रियाकलापहरु संचालन गरिरहेको जानकारी दिनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा महोत्तरी, सर्लाही र रौतहटका विभिन्न संचार माध्यमका संचारकर्मीहरुको सहभागिता रहेको थियो भने अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुका जिज्ञासाका बारेमा फिल्ड प्रवन्धक लगायतका प्रतिनिधिहरुले जवाफ दिनुभएको थियो ।

संस्थाका संचार विज्ञ प्रमिल अधिकारीले सहजीकरण गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रममा निकट भविष्यमा संचारकर्मीहरुले परियोजनाका गतिविधिहरु बारे फिल्ड अनुगमन गर्ने समेत निर्णय भएको जानकारी आयोजना पक्षले दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button