८ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
श्रमअनुसारको मुल्य तथा मानसम्मान श्रमिकले पाएन :आजपा उपाध्यक्ष न्यौपाने – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

श्रमअनुसारको मुल्य तथा मानसम्मान श्रमिकले पाएन :आजपा उपाध्यक्ष न्यौपाने

काठमाडौं । आम जनता पार्टी (आजपा) उपाध्यक्ष एवं पूर्वमन्त्री बद्री न्यौपानेले श्रमिकहरुले श्रमको मुल्य कम पाईरहेकाले बढाउँनुपर्ने बताएका छन् । श्रमअनुसारको मुल्य तथा मानसम्मान श्रमिकले नपाएको बताउँदै उनले उचित मुल्यका लागि संघर्षको आवश्यक्ता रहेको बताए । सोमबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आम श्रमिक महासंघद्धारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष न्यौपानेले ठूला दलले नेपालको विकासको लागि केही नगरेको आरोप समेत लगाए । ‘चाहे त्यो २०६२÷०६३ को आन्दोलनमा होस वा अन्य परिवर्तन, देशमा खोई त जनताले खोजेको परिवर्तन ? खोई त जनतालाई उकास्ने काम भएको हो ? जनताका पीर, मर्का हल गर्न यी ठूला दलले केही गरे त ? केही पनि गरेनन्’ उनले भने । ठूला दलले ०४६ सालदेखि राज्यको दोहन गरेको आरोप लगाउँदै उनले नेपालको परिवर्तनका हरेक आन्दोलन र संघर्षमा मजदुर, किसान, विद्यार्थी र युवाहरुको निर्णायक भूमिका रहेको बताए । ठूला दलले सत्ताको लागि दलीय भागबण्डा (सिण्डिकेट) मात्रै गरेको न्यौपानेको आरोप छ ।

उनले आफ्नो दल नेपालमा वैकल्पिक शक्तिको रुपमा उदाउने विश्वास दिलाए । मुलुकको समृद्धि, बिकास, सुशासनका लागि आजपा बैकल्पिक शक्ति बन्दै गईरहेको बारा २ को हालैको उपनिर्वाचनले समेत पुष्टि गरेको उनले बताए । कार्यक्रममा आजपा उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगरले श्रमिकले गर्ने श्रमको उचित मुल्य नपाएको बताउँदै त्यसका लागि आजपाले श्रमिकसंगै संघर्षमा उत्रिने बताए । नेपालमा श्रमको शोषण भईरहेको बताउँदै उनले उचित मुल्य पाउँनुपर्ने बताए ।

सरकारले श्रमिकको उचित मुल्यका लागि पहल नगरेमा आजपा संघर्षका कार्यक्रम सहित आन्दोलनमा उत्रिन बाध्य हुने थापामगरले बताए । आजपा उपमहासचिव अरुण घिसिङले नेपाली श्रमिकका उचित मुल्य, सम्मान, एवं अधिकारका लागि सधै श्रमिकसंगै आफूहरु हुने बताए । विदेशी श्रमिक ल्याएर नेपाली श्रमिकको श्रम खोस्ने काम समेत भईरहेको प्रति ध्यानार्षण गराउँदै उनले युवाहरुलाई नेपालमै श्रम गर्ने व्यवस्था गर्न सरकारसंग माग समेत गरे ।

आम श्रमिक महासंघको अध्यक्षमा मगर आजपा निकटको आम श्रमिक महासंघको केन्द्रीय कमिटी समेत विस्तार गर्ने निर्णय भएको छ । कार्यक्रम पश्चात बसेको महासंघको बैठकले धनमाया मगरको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटी विस्तार भएको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए । महासंघको सदस्यमा दिपा मगर, रश्मी लिम्बु, नानूमाया तामाङ, क्रान्ति शाही, मनमाया मगर, भगवती कार्की, कल्पना खत्री, लक्ष्मी राई, सर्मिला लिम्बु, विन्दा कार्की चौहान, विरबहादुर धिमाल, सुनिता दुलाल लगायतका रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.