१८ मंसिर २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गौर नगरपालिकाका मेयर शम्भु साहले गौरका सामुदायिक विद्यालयहरूमा गरे छड्के अनुगमन  – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

गौर नगरपालिकाका मेयर शम्भु साहले गौरका सामुदायिक विद्यालयहरूमा गरे छड्के अनुगमन 

सामुदायिक विद्यालयहरूमा गरे छड्के अनुगमन 

 

प्रदिप कुमार दास, रौतहट ।

भदौँ २७ गते , बिहीबार ।

गौर नगरपालिकाका मेयर शम्भु साहले गौरका सामुदायिक विद्यालयहरूमा छड्के अनुगमन गरेर शिक्षाको गुणस्तर सुधारमा सक्रियता देखाउनुभएको छ। निर्वाचनको समयमा मतदाताहरूसँग शिक्षामा आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका मेयर साहले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्नका लागि यस कदमलाई एक महत्वपूर्ण प्रयासका रूपमा अगाडि बढाउनुभएको छ।

नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा विविध बेथिति र शैक्षिक कमजोर अवस्थाबारे प्राप्त गुनासाहरूलाई मध्यनजर गर्दै मेयर साहले शिक्षा शाखा प्रमुख सहितको टोलीसहित अनुगमन गर्न थालेका छन्। अनुगमनको क्रममा, विद्यार्थीहरूको उपस्थिति कम रहेको, भौतिक संरचना मापदण्डअनुरूप नभएको, र शिक्षकहरूको लगनशीलता सन्तोषजनक नभएको जस्ता समस्याहरू फेला परेका छन्।

मेयर साहले नगरभित्रका विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया समेत गर्नुभएको थियो। उहाँले विद्यालयहरूको भौतिक संरचना, शैक्षिक गुणस्तर, विद्यार्थीहरूको नियमितता, र गृहकार्यको अवस्थालगायतका विभिन्न पक्षहरूमा जानकारी लिनुभयो।

अनुगमनको क्रममा विद्यालयमा अनुपस्थित रहेका विद्यार्थीहरूको अभिभावकलाई बोलाएर विद्यार्थीहरू विद्यालयमा किन उपस्थित नभएको कारण पत्ता लगाउन निर्देशन दिनुभएको छ। साथै, उहाँले पठनपाठनमा थप कडाइ र शैक्षिक सुधारका उपायहरू कार्यान्वयन गर्न सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

मेयर साहको यो कदमले गौर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक स्तरमा सुधार ल्याउन सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ। विद्यालयको शैक्षिक वातावरणलाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि नगरपालिका प्रशासनको यो प्रयासलाई सर्वत्र प्रशंसा गरिएको छ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button