१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
शाहदुल्लाहको संयोजकत्वमा १९ सदस्य मुस्लिम संघ तदर्थ समिति गठन – Nigrani Today
ताजा खबर

शाहदुल्लाहको संयोजकत्वमा १९ सदस्य मुस्लिम संघ तदर्थ समिति गठन

सर्लाही,२० वैशाख नेपाली कांग्रेसका भातृ संगठन नेपाल मुस्लिम संघ मधेश प्रदेश तदर्थ समिति सर्व सहमत गठन भएको छ ।

बुधवार लालबन्दी नगरपालिका स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेपाल मुस्लिम संघको आयोजना तथा नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य मोहम्मद शेख अब्दुल्हाको प्रमुख आतिथ्यतामा शेख शाहदुल्लाहको संयोजकत्वमा १९ सदस्य तदर्थ समिति गठन गरिएको छ ।

तदर्थ समितिको उपाध्यक्षमा धनुषा बाट मो. नुरुल, महिला उपाध्यक्षमा सर्लाही बाट फुल जुम आरा, कोषाध्यक्षमा रौतहट बाट सरफराज तैमष, सह सचिवमा सप्तरी बाट करिम शेख, सह कोषाध्यक्षमा पर्सा बाट सुहैल अंसारी गरी बाँकी अन्य जिल्लाको १३ सदस्य सहित १९ सदस्य समिति सर्व सहमतीमा चयन गरिएको नेपाल मुस्लिम संघ मधेश प्रदेशले जनाएको छ ।

बाँकी रहेका सचिव, तथा अन्य सदस्य छिट्टै तदर्थ समितिमा समावेश गरी २५ सदस्य तदर्थ समिति गठन गरिने संयोजक शाहदुलाहले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.