३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
देशैभरी संविधानको अन्त्येष्टि यात्रा निकाल्ने प्रभु साहको उदघोष – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

देशैभरी संविधानको अन्त्येष्टि यात्रा निकाल्ने प्रभु साहको उदघोष

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउँने षडयन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

आजपा निकटको आईटी आर्मीले आज काठमाडौंको गौशाला पशुपतिमा आयोजना गरेको काठमाडौं उपत्यका स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले मनोमानी गर्नका लागि उपसभामुखलाई हटाउँने खेल आफूलाई स्वीकार्य नभएको उनले बताए ।

‘महिनौ पहिलाको घटनालाई जोडेर उपसभामुखलाई हटाउन अहिले आएर हटाउन खोज्नु हामीलाई स्वीकार्य छैन् । जब संवैधानिक परिषदमा बहुमत नपुगेपछि सरकारले पुरानो मुद्धा कोट्याउँदै उपसभामुखलाई हटाउँने र मनोमानी गर्ने खेलमा लागेको छ, यो हामीले कदापी स्वीकार्य गर्दैनौं’ आजपा अध्यक्ष साहले भने, ‘यदी उपसभामुले गल्ती गरेको हो भने उनलाई दण्ड गर्न सकिन्छ । पहिला पालैपाले सरकारमा सहभागि भएको कांग्रेस र एमालेले पहिले यो मुद्धा किन छोड्यो र अहिले आएर किन बोक्यो ? मनमौजी गर्न नपाउँने पछि जे पनि गर्ने ?’

यस्तै उनले वर्तमान संविधानको काम नभएकाले खारेज गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानले मुलुकमा स्थायित्व हुन नसक्ने बताउँदै उनले समृद्धिका लागि संविधान खारेज गर्नुको विकल्प नभएको टिप्पणी गरेका छन् । अहिलेको संविधानले नेपाली जनताको आवश्यक्ता र चाहना पुरा गर्न नसक्ने बताउँदै उनले यो ‘ककटेल’ संविधान खारेज गर्नुपर्ने बताए ।

‘अहिलेको संविधान ककटेल संविधान हो । यो संविधानले नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न सक्दैन् । राजनीतिक स्थायित्व, मुलुकलाई समृद्ध बनाउँन सक्दैन्’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गाडीमा होन्डाको टायर, हिरोको ब्रेक, यमहाको इन्जिन, एफजेडको टन्की, पल्सरको हन्डिल लगाएपछि कस्तो हुन्छ ? यो संविधान पनि त्यस्तै छ । यसमा समाजवाद पनि छ, पुँजीवाद पनि छ तर कामै नलाग्ने, मुलुक र जनतालाई केही दिनै सक्दैन् । त्यसैले यसको खारेजको बिकल्प छैन् ।’

हालै आजपाको केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सम्पन्न भएको छ । सम्पन्न सो बैठकले गरेका निर्णय आईटी आर्मीले काठमाडौं उपत्याकामा पूर्णरुपमा कार्यान्वयन गर्दै अघि बढनुपर्ने उनले निर्देशन दिए ।

सातै प्रदेशमा असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय गरेको आजपाले त्यसलाई काठमाडौं उपत्यकामा पनि भव्यरुपमा कार्यान्वयन गर्नुपर्ने गरी तयारीमा जुटन साहले निर्देशन दिए । काठमाडौं उपत्यकाको तीनवटै काठमाडौं, ललितपुर, भक्तपुरत जिल्लामा आजपाले संविधानको अन्त्येष्टि यात्रा निकाल्ने तयारी गर्नु अघि आईटी आर्मीको भेला काठमाडौंमा गरेको हो ।

‘यो संविधान विग्रेको रेडियो जस्तै छ । राम्रो आवाज पनि आउँदै, घयारघयार गरिरहन्छ । त्यसैले यसलाई खारेज गर्नुको बिकल्प छैन् । संविधानको अन्त्येष्टि यात्रा भव्यरुपले गर्ने गरी तयारीमा तपाईहरु लाग्नुस्’ आजपा अध्यक्ष साहले भने ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको पार्टीको निर्णयलाई कार्यान्वयन गर्न पार्टीका बिभिन्न जनवर्गीय संगठनका साथै पार्टीका कमिटीहरु अहिले भेला, पुनर्गठन, गठन गर्दै आगाडी बढेको छ ।

आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय गरेको छ ।

आईटी आर्मी काठमाडौं उपत्यकाका अध्यक्ष टाईसन लामाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु चन्द्रभूषण साह, रविन्द्र सिंह, बिजय यादव, रंजू कुमारी साह, सरोज श्रेष्ठ, संजय साह, सुमन यादव, आर्या पाण्डे लगायतको बिशेष सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.