२० आश्विन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दलित नगर समन्वय समिति गुजरा नगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाज

दलित नगर समन्वय समिति गुजरा नगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न

प्रदिप कुमार दास, रौतहट ।

असोज २० गते, आईतवार ।

रौतहट जिल्लाको गुजरा नगरपालिकामा दलित समन्वय समितको तेस्रो नगर सम्मेलन सुरेन्द्र बैठाको अध्यक्षतामा सम्पन्न भएको छ।

शनिबार गुजरा नगरपालिकाको कार्यालय प्राङ्गणमा एक भव्य कार्यक्रमको आयोजना गरि सो नगर सम्मेलन सम्पन्न भएको हो।

शिक्षित बनौं,संगठित होऔं,अधिकारको लागि संघर्ष गरौं भने मुल नाराका साथ आयोजना गरिएको दलित नगर समन्वय समिति गुजरा नगरपालिकाको तेस्रो नगर भेला कार्यक्रममा गुजरा नगर पालिका भरिका दलित जनप्रतिनिधि,दलित अगुवा,दलित,कर्मचारी, र दलित बिधार्थीहरुको साथै रौतहट जिल्ला भरीकै विभिन्न तह तपकाका दलित अगुवाहरुको  सहभागीता रहेको थियोे।

सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै दलित अगुवा बलिराम माझीले उक्त समितिको गठन २०७५ अशोजमा गठन भई समितिले स्थानीय स्तरमा दलित,बालबालिका र महिलाको हक अधिकार प्रवर्द्धन र संरक्षणका लागि पहल गर्दैआएको  र छुवाछूत तथा विभेद विरुद्धको अभियानलाई थप सक्रिय बनाउन सहयोगात्मक भूमिका खेलिरहेको बताए।साथै स्थानीय स्तरमा भइरहेको जातीय विभेद तथा छुवाछूत जस्ता घटनाहरुलाई नियन्त्रण तथा निगरानी गर्ने, दलितको हक संरक्षण र हित प्रवर्द्धन को लागि स्थानीय स्तरमा प्रचार-प्रसार र पैरवी गर्ने,दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीय तहमा देखा परेका बाधा अवरोध समस्या निराकरण गर्ने।

रामले दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीयस्तरमा गर्नुपर्ने कार्यको लागि शअनुगमन समितिलाई प्रतिवेदन तथा पृष्ठपोषण गर्ने,दलित उपरको भेदभाव विरुद्धको कानून कार्यान्वयन गर्न सहयोग गर्ने गराउने,स्थानीय स्तरमा दलितको हक संरक्षण र हित प्रवर्द्धनका लागि गर्नुपर्ने आवश्यक अन्य कार्यहरु गर्ने,दलित विद्यार्थीको निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था मिलाउने सम्बन्धी सम्पुर्ण काम गर्ने, गराउने,दलित विकास तथा उत्थानका लागि स्थानीय सरकारबाट बजेट विनियोजन गरी पारित गर्ने, गराउने र दलितहरुको अगुवाइमा उक्त कार्यक्रम कार्यान्वयन गराउन सहयोग गर्ने,जातीय छुवाछूतका घटना हुन नदिन नगर तथा गाउँस्तरमा चेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने,तोकिए बमोजिमका अन्य कार्य गर्ने गराउने, समितिको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम कार्य गर्दै आइरहेको छ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले उक्त समिति गठन प्रति खुसी व्यक्त गर्दै चयन भएका नयाँ पदाधिकारी हरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो।उहाँले भन्नुभयो”समितिको गठनले गुजरा नगरपालिकामा जातीय विभेद विरुद्धको लडाइँलाई अझ सशक्त बनाउने छ।सबै जना मिलेर समतामूलक समाज निर्माण गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउदै उनले समितिको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै पछिल्लो दिनमा जस्तै आगामी दिनमा पनि नगरपालिकाले सो समितिलाई आवश्यक सहयोग प्रदान गर्ने जनाए।

नगर प्रमुख चौधरीले आफू दुई पटक निर्वाचित भइसकेको पालिकामा दलितको पनि अत्यधिक बहुल्यता रहेको र ती मध्येका अधिकांस दलितले आफलाई नै सहयोग गरेकोले आफ्नोले ती समुदायका ३७ जना बिधार्थीलाई उच्च शिक्षा र प्राविधिक शिक्षा तर्फ  पनि सहयोग गरेर स्वरोजगार बनाइसकेको बताउनु भयो।

त्यसैगरी सो कार्यक्रममा बोल्दै,दलित अगुवा पुनित सामाजिक, आर्थिक र धार्मिक रुपले पछाडि पारिएका दलित समुदायको पिडा बुझ्न र ति समुदायले भोग्दै आएको जातिय विभेद तथा छुवाछूत जस्ता जघन्य अपराधको नियन्त्रणका लागि आफुले आफुले  ईमानदारीताका साथ निर्वाह गर्ने गरिरहेको बताउनुभयो।

समितिले दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि विभिन्न उपायहरु अगाडि बढाउने छ। समितिले समितिले दलित,बालबालिका र महिलाको हक अधिकार प्रवर्द्धन र संरक्षणका लागि पहल गर्दैआएको  र छुवाछूत तथा विभेद विरुद्धको अभियानलाई थप सक्रिय बनाउन सहयोगात्मक भूमिका खेलिरहेको बताए।

त्यसैगरी दलित अगुवा रामाज्ञा रामले शिक्षा नै जिवनको ज्योती रहेको बताउदै सबैले आ-आफ्ना बालबच्चालाई पढाउन आग्रह गरे।

रामले रौतहट जिल्लाको १८ ओटै स्थानीय तहहरुमध्ये गुजारा नगर पालिकाले दलित समुदायको ३७ जना बिधार्थीलाई शिक्षित र स्वरोजगार बनाएर सराहनीय कार्य गरेको भन्दै उनले धन्यवाद समेत व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी, सबै वडाका वडाअध्यक्षहरु लगायत विभिन्न दलका प्रतिनिधिहरु र दलित अगुवा तथा दलित जनसमुदाय लगायत सो पालिक भित्रका विभिन्न दलित जनप्रतिनिधि,दलित अधिकारकर्मी तथा विभिन्न कर्मचारहरुको उपस्थिति समेत रहेको थियो।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button