२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा डेंगु संक्रमण तीव्र रुपमा फैलिदै – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीमा डेंगु संक्रमण तीव्र रुपमा फैलिदै

सर्लाही  । सर्लाहीमा अहिले तिव्र गतिमा डेगुं रोगको सक्रमण फैलिदैँ गएको छ । सर्लाहीमा हजारौँको सख्यामा डेंगुको संक्रमित भएपनि रेकर्ड भने १ सय विरामीहरुको मात्र रहेको छ । १ सय विरामीहरु मध्ये सबैभन्दा बढि संक्रमित हरिवन र लालबन्दी नगरपालिकामा रहेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवलकिशोर झाले बताए । सर्लाहीमा हजारौँको संख्यामा डेंगु रोगको संक्रमित व्यक्ति भएपनि पालिकाहरुले रिपोर्टिगं नगर्दा जम्मा १ सय जना संक्रमितको डाटा मात्र भएको स्वास्थ्य कार्यालय प्रमुख झाले निगरानी टुडेलाई बताए । सर्लाहीमा २० वटा पालिकाहरु रहेको छ ।

ती सबै पालिकाहरुमा नै डेंगु रोगको संक्रमण भएको डा. झाले जानकारी दिए । जिल्लामा अनिवार्य रुपमा रिपोर्टिगं गर्नुपर्छ जस्तो अंकुश नभएको हुदाँ पनि हामीलाई सही डाटा प्राप्त नभएको उनले बताए ।यसैगरी लामखुटेको टोकाई बाट सर्ने यो रोग गाँउ गाउँमा तिव्र गतिले सरेपनि सरोकारवाला निकायहरु नियन्त्रण गर्न तर्फ कुनै चासो नदिएको कविलासी नगरपालिकाका स्थानिय दिनेश साहले जानकारी दिए । सबैभन्दा नजिकको स्थानिय सरकार छ, जिल्लामा स्वास्थ्य कार्यालय छ तब पनि लामखुटे मार्ने औषधी समेत नछरेको स्थानिय साहको आरोप रहेको छ ।डेंगु संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्न अति आवश्यक देखिन्छ ।

एडिज जातको लामखुट्टेबाट डेंगु संक्रमण हुन्छ। लामखुट्टेको टोकाईबाट नेपालमा चार सेरोटाईपको डेंगु देखिएको छ। नेपालमा पछिल्लो समय एक, दुई र तीन सेरोटाइपको डेंगु संक्रमित बढी रहेको प्रादेशिक अस्पताल मलंगवाका मेडिकल अधिकृत डा. बैजु कुशवाहाले बताए।उनका अनुसार एकपटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुन डेंगु संक्रमण हुँदैन। तर एकपटक डेंगु भइसकेका व्यक्तिमा पुन डेंगु संक्रमण भएमा संक्रमितको अवस्था भने गम्भीर हुनसक्छ। उनका अनुसार डेंगु संक्रमित सबै व्यक्तिलाई भने डेंगुको लक्षण नदेखिन पनि सक्छ।

डेंगु संक्रमित ७५ प्रतिशतमा लक्षण नदेखिने भएकाले सरकारी तथ्यांकमा भए भन्दा धेरैमा डेंगुको संक्रमण भएको हुनसक्छ।सकारले आगामी आर्थिक वर्ष अर्थात २०८१–८२ का लागि स्थानीय तहमा मात्र ७ करोड ९८ लाख रुपैयाँ डेंगु नियन्त्रणका लागि छुट्याएको छ भने मधेश प्रदेशमा १ सय ३६ पालिकाहरु मध्ये ४६ पालिकाको लागि ७४ लाख बजेट छुटयाएको छ ।

डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउने, ज्वरो ५ देखि ६ दिनसम्म रहन सक्ने, आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरु देखा पर्ने हुनसक्छ। डेंगुको परीक्षण किट वा प्रयोगशाखामा रगतको जाँच गरेर पत्ता लगाउन सकिन्छ।डेंगुको कुनै खास औषधि नभएपछि दुखाइ र लक्षणहको व्यवस्थापन नै डेंगुको उपचार भएको डा. कुशवाहाले बताए।गम्भिर डेंगुका बिरामीहरु अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था हुने उनले बताए।डेंगु संक्रमण नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको टोकाइबाटै बच्नुपर्ने डा कुशवाहाले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button