५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमाले र कांग्रेसको गठबन्धन ‘हाथी र सुंगुरको दोस्ती’ जस्तै देखियो : प्रभु साह – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

एमाले र कांग्रेसको गठबन्धन ‘हाथी र सुंगुरको दोस्ती’ जस्तै देखियो : प्रभु साह

‘जनकपुरधाम । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई ‘हाथी र सुंगुरको दोस्ती’ जस्तै भएको टिप्पणी गरेका छन् ।

दिपावली तथा छठ पर्वको अवसरमा आजपा धनुषा जिल्लाको आयोजनामा आज जनकपुरधामको पगलाबाबा धर्मशालामा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले दलतन्त्र कमजोर भएपछि ठुला दुई दल कांग्रेस र एमालेले गठबन्धन गरेको बताए ।

‘पछिल्लो निर्वाचनमा एमाले नेतृत्वमा एउटा गठबन्धन थियो । अर्कोतर्फ कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन थियो । एमालेले मतदातासंग मलाई मत दिनु एमालेको सरकार बनाउँछौं भन्यो, र कांग्रेसले हामीलाई मत दिनुस् हामी कांग्रेसको सरकार बनाउँछौं भन्यो । तर एमाले कांग्रेसको र कांग्रेसले एमालेको सरकार बनाउँछौ भनेका थिएनन्,’ आजपा अध्यक्ष साहले भने, ‘तर दुबै दलले मतदातासंग गद्धारी गरे, धोका दिए । अनैतिक गठबन्धन गरेपछि के यिनीहरुले मतदातासंग माफी माग्नु पर्दैन्, भोट फिर्ता गर्नुपर्दैन ? एउटा दलालले जग्गा किनबेचको बैना लिन्छ तर किनबेच नभएपछि बैना फिर्ता गर्छ । यिनीहरु मतदाताको भोट फिर्ता नगर्ने कस्तो दलला भएछन् ।’

कांग्रेस र एमालेको निर्वाचनमा छुटाछुटै गठबन्धन रहेको र यिनीहरुको कुनै बिचार, सिद्धान्त, रुपरंग केही पनि नमिल्ने ‘हाथी र सुंगुरको दोस्ती’ जस्तै भएको उनले बताए । दलतन्त्र नेपालमा बर्बाद हुदै गईरहेको बताउदै कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र नै कमजोर भएको साहले बताए ।

‘दलतन्त्र नांगिदै गईरहेको हामी देखिरहेका छौं । दलतन्त्र कमजोर बन्दै गईरहेको छ । मतदाता, जनतालाई धोका दिने कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र कमजोर भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘दलतन्त्र कमजोर भयो, लोकतन्त्र कमजोर भयो । जनताका बीच कमजोर भएकाहरु मिल्नुपर्ने बाध्यता आयो । यिनीहरुले जनताको आवश्यक्ता, चाहना बुझन नसकेर कमजोर भएका छन् ।’

कांग्रेस र एमालेको गठबन्धन केही नेताको सिमित स्वार्थका लागि भएको बताउदै उनले यो गठबन्धनबाट कांग्रेस र एमालेकै नेताकार्यकर्ताहरु सन्तुष्ट नदेखिएको उनले बताए । जनतालाई दिनुपर्ने सेवा, सुविधा दिन नसकेको यो सरकार धेरै दिन नटिक्ने दावी उनले गरेका छन् ।

केवल भ्रष्टलाई बचाउन, अपराधीलाई जोगाउनका लागि बनेको यो सरकारले विपक्षीलाई तर्साउने सत्तापक्षका अपराधी, भ्रष्टलाई बचाउने काम गरिरहेको साहले गम्भिर आरोप लगाए । सत्तापक्षका अपराधी, भ्रष्टहरु खुलेयाम छाती खोलेर घुम्दा समेत कारवाही गर्न नसकेको वर्तमान सरकारको जग नै कमजोर रहेको उनले बताए ।

आजपाका धनुषा जिल्ला अध्यक्ष रामसागर महासेठको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, सचिव श्रीचन मुखिया, स्थाई कमिटी सदस्य श्रीलाल महासेठ, राधेश्याम साह लगायतका नेताहरुको बिशेष सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button