सर्लाही , मंसिर २: जनमत पार्टीको जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यालय व्यवस्थापनका लागि नेताहरूलाई मासिक लेबी तिर्ने र संगठन सुदृढीकरणका लागि घर-घरमा सदस्यता वितरण तथा सदस्य र मतदाता विवरण सङ्कलन गर्ने निर्णय गरेको जनमत पार्टीका सर्लाही जिल्ला ईन्चार्ज श्रीचन यादवले जानकारी दिए।
बैठकका मुख्य निर्णयहरू
पार्टी कार्यालयको व्यवस्थापनलाई सुदृढ बनाउन विभिन्न तहका नेताहरूलाई मासिक रूपमा लेवी तिर्नुपर्ने निर्णय, हरेक पालिकामा स्थानीय नेताहरूको नेतृत्वमा समूह गठन गरी, वार्ड र टोलस्तरमा पुगेर जनमत पार्टीका सदस्य र भोटरहरूको विवरण सङ्कलन गर्ने, जनमत पार्टीको पहुँच विस्तार गर्न घरदैलो अभियान सञ्चालन गरी नयाँ सदस्यता वितरण गर्ने, पार्टीका युवाहरुलाई विशेष प्रशिक्षणका लागि जनकपुर पठाउने र संगठनलाई बलियो बनाउने लक्ष्यसहित पारित निर्णयहरू गरेको जनमत पार्टी सर्लाहीले जनाएको छ।